आँपचौरको कोटेश्वरधाम पुग्नेवाटोमा पक्किपुलको सिलन्यास

जयजय कोटेश्वरको सहयोग, भक्तजनलाइ सहज हुने

0 298

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ५ मा रहेको कोटेश्वर धाममा पुग्ने बाटोमा पर्ने घैंटेआँप नजिकै गेँदी खोलामा पक्की पुलको शिलन्यास भएको छ। जयजय कोटेश्वर समुहको संयोजनमा सो पुल बन्न लागेको समुहका किरण खरेलले जानकारी दिनुभएको छ। बैदेशिक रोजगारीमा रहनुभएका आँपचौरवासीको अगुवाइमा आर्थिक अभियान सञ्चालन गरि पुल बनाउन लागिएको हो।

जसको लागि जयजय कोटेश्वरको तर्फवाट परदेशमा आर्थिक सहयोग संकलनको लागि फडिन्द्र भट्टराइको संयोजकत्वमा आर्थिक समिति, स्वदेशमै रहनुहुने डिल्लीराज अर्यालको संयोजकत्वमा पुल निर्माण समिति तथा भागिरथ खरेलको संयोजकत्वमा सल्लाहकार समिति गठन गरि काम सुरु गरिएको खरेलले जानकारी दिनुभएको छ।

पैदलयात्रिहरुको लागि निर्माण गरिने पुल ६ लाख ५० हजार लागतमा २ महिना भित्र बनाइसक्ने निर्माण समितिका संयोजक अर्यालले जानकारी दिनुभएको थियो। सिलन्यासमा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, स्थानियहरुको सहभागिता रहेको थियो।

ad

ऐतिहासिक महत्वको कोटेश्वर धाम पुग्न करिव २० मिनेट पैदल हिँड्नुपर्ने र सोहि पैदल दुरीमा गेंदीखोला तर्नुपर्ने हुँदा वर्षायाममा भक्तजनलाई समस्या भएको थियो। पुल निर्माणपछि भक्तजनलाई थप सहज हुने र तिर्थयात्रीहरु थप बढ्ने तथा यात्रा सुरक्षीत हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ

। यस अघिपनि जयजय कोटेश्वर समुहले मन्दिरको प्रचार प्रसार संगै पूर्वाधार निर्माणमा समेत सहयोग गर्दै आएको छ। विशेषगरि श्रावण महिनामा भक्तजनको घुँइचो लाग्ने कोटेश्वरमा दैनिक पुजाआजा हुँदै आएको छ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।