महेन्द्र नमुना माध्यामिक विद्यालयद्धारा अक्षराम्भ कार्यक्रम सम्पन्न

0 233

सूर्य सुनार माघ १२, गुल्मी
श्रीपञ्चमीको अवसरमा महेन्द्र नमुना माध्यामिक विद्यालय तम्घासले अक्षराम्भ कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ तम्घासमा रहेको विद्यालयले विगतमा जस्तै यस वर्ष पनि अक्षराम्भ तथा सरस्वती पुजा गरेर साना बालबालिकाहरुलाई निःशुल्क भर्ना गरेको हो ।

पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै महत्व दिदै आएको उक्त विद्यालयले स–साना नानीबाबुका लागि अक्षराम्भ तथा सरस्वती पुजा कार्यक्रमको आयोजना गरेको हो । पछिल्लो समयको परिवर्तित अवस्थालाई मध्यनजर गर्दै बिद्यालयमा मण्टेश्वरी देखी कक्षा १२ सम्म पढाई संगसंगै बिभिन्न खालका ब्यवहारिक ज्ञान र अतिरिक्त क्रियाकलापहरुमा विशेष महत्व दिदै सिकाई क्रियाकलापलाई अगाडी बढाएको छ ।

ad

कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थीले महेन्द्र नमुना माध्यामिक विद्यालयले पहिले देखी नै जिल्लामा राम्रो नजिता लिन सफल भएको बताउँदै आगमी दिनमा पनि त्यो स्थानलाई कायम राख्न शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालयलाई रेसुङ्गा नगरपालिकाबाट हुने सहयोगको लागि आफू सधै तयार रहेको बताउनुभयो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १ का पूर्ववडाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले विगत देखी नै विद्यालयले आफ्नो नाम राख्र्दै आएको बताउनुभएको थियो । अन्य विद्यालयमा भन्दा महेन्द्र नमुना माध्यामिक विद्यालयमा राम्रो अध्ययन संगै व्यवहारिक ज्ञान पाइने हुँदा अभिभावकको रोजाँइमा विद्यालय परेको पाण्डेको भनाई थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम पन्थीले जिल्लाकै सर्वोउत्कृष्ट, पुरानो र नमुना विद्यालय छनोट गरी साना नानीबाबुहरुलाई यहाँ अध्ययन गराएको प्रति खुशी व्यक्त गर्दै उनीहरुको शिक्षाको क्षेत्रमा विद्यालयले विभिन्न गतिविधि अगाडी बढाउने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले साना नानीबाबुहरुलाई विद्यालयमा स्वागत गर्दै उनीहरुलाई व्यवहारिक ज्ञान र अतिरिक्त क्रियाकलाप संगै पढाईलाई अगाडी लैजाने बताउनुभयो । विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिनु आजको आवश्यकताको विषय रहेको हुँदा त्यस तर्फ विद्यालयले विभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम पन्थीको अध्यक्षता रहेको कार्यक्रमको स्वागत मन्त्वय विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीको थियो भने कार्यक्रमको संचालन शिक्षक शालिकराम पन्थीले गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।