ग्रामीण क्षेत्रका महिलालाई निःशुल्क बीउ वितरण

0 137

अनिल खत्री
१३ माघ, गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीले महिलालाई तरकारी खेती तर्फ आकषिर्त गर्न निः शुल्क बिउ विजन वितरण गरेको छ । ग्रामीण तथा पिछडिएका क्षेत्रका महिलालाई हरियो तरकारीको महत्व बुझाउने उदेश्यले इस्मा गाउँपालिकाको बुल्ममा निःशुल्क बीउ वितरण हो ।
गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर ६ बुल्मका १ सय जना भन्दा वढि महिलाहरूलाई विभिन्न आठ प्रकारका बीउ प्रदान गरिएको हो । बुल्ममा करिव १ सय भन्दा वढि घर कुमाल तथा पिछडिएका समुदायले बसोबास गर्दै आएका छन् ।

ग्रामीण क्षेत्रमा पहुच अभावमा कुनैपनि चिजको माग गर्न नपुग्ने समुदायलाई लक्षित गरेर बीउ वितरण गरिएको हो । त्यस स्थानमा घर घरमा कुनैपनि व्यक्तिले तरकारी खेती नगरेकाले यस खेतीतर्फ आकर्षण गर्ने उदेश्यले तरकारीका बीउ वितरण गरिएको छ ।
स्थानीय महिलाले पानी तथा आधारभुत ज्ञानको अभाव रहेको इस्मा गाउँपालिका वडानम्बर ६ की रमितथा बिश्वकर्माले बताइन । उनले घरमा धेरै तरकारी लगाउने ठाउँ नभएपनि घरखर्चको लागि तरकारी खेती गर्ने बताइन ।
प्रशस्त मात्रामा पानी भएमा खेती योग्य जमिन रहेको स्थानीय रेनु थापाले बताइन । उनले स्थानीय सरकार तथा कृषि ज्ञान केन्द्र गुल्मीले आगामी दिनमा थप सहयोग गरेमा तरकारी खेती तर्फ लाग्ने बताइन ।
मानव जिवनमा हरियो तरकारीको महत्त्व बुझाउदै यस ठाउँमा पानीको अभाव रहे पनि कपडा धोएको, भाडा माझेको, नुहाएको पानीको प्रयोग गर्दै सिचाइ गरेर घर खर्चको लागि भएपनि तरकारी उत्पादन गर्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । कृषि खेती तर्फ लाग्ने किशानहरुका लागि कृषि ज्ञान केन्द्र गुल्मीले सहयोग गर्ने बताए ।
यस भेगबाट कुनैपनि तरकारी लगायतका बीउ तथा केहि माग नआउने गरेकाले तरकारीको बीउ वितरण गर्न लागिएको भण्डारीले बताए । अब लहरे तरकारी लगाउने सिजन सुरु भएकाले सबैलाई आकर्षण गर्न बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

स्थानीय सरकारले प्रत्येक घरमा एक घर एक करेसा वारीलाई अनिवार्य गर्ने इस्मा गाउँपालिका वडानम्बर–६ का वडाअध्यक्ष ढालबहादुर कुँवरले बताए । उनले उर्भर जमिनमा थोरै भएपनि तरकारी खेती गरेर खानका निम्ति प्रोत्सहान गर्न स्थानीय सरकारले सधै साथमा रहेको बताए ।
ग्रामीण तथा पिछडिएका क्षेत्रका महिलालाई हरियो तरकारीको महत्व बुझाउने र तरकारी खेती तर्फ आकर्षण गर्ने उदेश्यले कृषि ज्ञान केन्द्र गुल्मीले जिल्ला भर १ हजार जनालाई निःशुल्क बीउ वितरण गर्दैछ । प्रत्येक स्थानीय तहमा रहेका पिछडिएका क्षेत्रका महिलालाई कम्तीमा घरमा प्रयोग गर्नका लागि भएपनि तरकारी उत्पादन गर्ने उदेश्यले बीउ वितरण गरिएको हो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।