कांग्रेस प्रतिपक्षीमा बस्ने सत्तामा भाग खोज्ने आश्चर्यजनक एमाले उपमहासचिब- प्रदीप ज्ञवाली

0 188

अनिल खत्री

१५ माघ, गुल्मी । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने सत्तामा भाग खोज्ने आश्चर्यजनक रहेको बताएका छन् । आइतबार नेकपा एमाले गुल्मीको छैठौं पुर्ण बैठकलाई सम्बोधन गर्दै एमाले उपमहासचिव ज्ञवालील कांग्रेसले प्रतिपक्षीमा बस्ने सत्तामा भाग खोज्ने प्रबृत्तिले इतिहासमै निर्लज्जता देखाउदै लोकतान्त्रिक पद्धतिको धज्जी उडाएको बताए ।

उनले सरकारको लागि शितलनिवासमा दावा पेश गर्दा प्रधानमन्त्री पद नेकपा माओवादी केन्द्रलाई, एमालेलाई रास्ट्रपति र सभामुख दिने भन्दा अरु दलहरु पनि साक्षी रहेको उल्लेख गरे । त्यस आधारमा माओवादी यो सहमतिमा ब्याक नहुने ज्ञवालीको तर्क छ ।

ad

सभामुखमा जस्तो निर्णय हुन्छ उनले भने, ‘तलमाथि हुदैन भन्ने कुरामा विश्वस्त छु’ । अनेक शक्तिकेन्द्रहरु राष्ट्रपति आफ्नो अनुकुल ल्याउन चलखेल भैरहेको उनले बताए ।

राष्ट्रिभक्तिपुर्ण आन्दोलन कमजोर बनाउने, राजनीतिक अस्थिरता बनाईराख्न, विभिन्न संस्थाहरु न्यायलय राष्ट्रपति जस्तो संस्था बिवाबिद बनाउने प्रयत्न भैरहेको ज्ञवालीको तर्क छ । यी सबै चुनौती र घेरा तोड्दै अहिलेको गठबन्धन समीकरण अघि बढ्नु पर्नेमा जोड दिए ।

यो गठबन्धन समीकरण तलमाथि हुदा धेरै उथलपुथल हुनेछ ज्ञवालीले भने, ‘त्यसकारण यो अघि बढ्छ’ । यो सरकारले सन्देश राम्रो दिएको र न्युनतम सझा कार्यक्रम राम्रो ल्याएको बताए ।

अहिले शेयरबजारमा राम्रो संकेत दिएर ब्यवसायमा राहातको महसुस देखिएको को उनको भनाई छ । सत्ता टिकाउन यसअघि प्रदेशमा झ्याल मा मन्त्रालय रहेको अवस्थामा अहिले १६ मन्त्रालय घटाएर शुरूवाती सन्देश दिएको ज्ञवालीले बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।