गुल्मी अस्पातलका मेसु डा. पच्याको बिदाई

0 176

सूर्य सुनार माघ १७, गुल्मी
गुल्मी अस्पातलबाट सरुवा भई जान लाग्नु भएका मेसु डा. उत्तम पच्यालाई नेपाल पत्रकार महासंघले बिदाई गरेको छ ।
गुल्मी अस्पतालमा रहेर ५ वर्ष सम्म नागरिकको स्वास्थ्यको क्षेत्रमा काम गरि सरुवा भई काठमाडौँ वीर अस्पतालमा जान लाग्नुभएका डा. पच्यालाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले एक कार्यक्रमका बिच बिदाई गरेको हो ।

सरकारी अस्पतालमा नागरिकहरुको विश्वास घट्दै गइरहेको समयमा डा. पच्याले आम नागरिकलाई गुणस्तरिय सेवा सरकारी अस्पतालबाट पनि दिन सकिन्छ, भने उदारणमा गुल्मी अस्पतालबाट सेवाप्रर्वाह गर्नुभएको थियो ।

बिदाई कार्यक्रममा बोल्दै डा. पच्याले आफ्नो कार्यकालमा जिल्लाका सरोकारवाला निकायबाट साथ र सहयोग पाएको हुँदा गुल्मी अस्पताल मेरो अस्पताल बनाउन आफू सफल भएको बताउनुभयो । कोरोना माहामारीको समयमा नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन प्लान्ड स्थापना गर्न र अस्पतालको हरेक पक्षमा साथ दिएको हुँदा आफूलाई काम गर्न सहज पुगेको डा. पच्याको भनाई थियो । अस्पतालमा काम गर्दा आफूलाई हरेक क्षेत्रबाट सहयोग र साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

ad

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले डा. उत्तम पच्याको कार्यकालमा गुल्मी अस्पतालमा धेरै राम्रो काम भएको भन्दै प्रशंसा गर्नुभएको थियो । डा. पच्याले सरकारी अस्पतालको विश्वास बढाउने काम गरेको अर्यालले बताउनुभयो । डा. पच्या जहाँ भए पनि गुल्मी अस्पतालमा जस्तै नमुना काम गर्न र नागरिकको स्वास्थ्य क्षेत्रमा उदारणीय काम गर्न शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।