मुसिकोटका मृगौला पीडित खड्कालाई युएईबाट आर्थिक सहयोग

0 129

सूर्य सुनार गुल्मी
गुल्मी सेवा समाज युएईले मुसिकोट नगरपालिका ३ निवासी मृगौला पिडित खिमबहादुर खड्कालाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । गुल्मी समाज युएईका महासचिब जीवन सिंह ठकुरीको प्रस्ताव तथा संयोजकमा खड्काको उपचारको लागि आर्थिक सहयोग गरिएको गुल्मी सेवा समाज युएईका महासचिब ठकुरीले जानकारी दिनुभयो ।
बिरामीको उपचारको लागि थोरै भएपनि उपचार गर्न राहत मिलोस् भन्ने उदेश्यले सहयोग गरिएको ठकुरीले बताउनुभयो । मृगौला पिडित खड्काको उपचार गर्न अभियान चलाएर केही सहयोग गरिएको छ ।
मिगौला पिडित खड्काको उपचारको लागि सरस्वती पौडेल राम श्रेष्ठ रुद्र थापा जीवन कुँवर, मान बहादुर कुँवर, बिष्णु भट्टराई, बिनय खत्री, होम रजाली मोती कुँवर,किसान बि.क नोखा बस्नेत नेत्र भुसाल जीवन सिंह ठकुरी बावुराम, रुपकला सुनार, सुरज बि.सी, आशा पाण्डे , बुद्धिप्रसाद न्यौपाने, शान्ता पाण्डेले नेपाली ४५ हजार रुपैया सहयोग गर्नुभएको हो । गुल्मी सेवा समाज युएईले बिरामीको शिघ्र स्वास्थ्य लाभ को कामना गर्दै उपचारको निम्ती सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।