रेडक्रस गुल्मीले विपद्धमा पहिलो पंक्तिमा उभिएर काम गरेको छ, लुम्बिनी प्रदेश सांसद भुसाल

0 193

लुम्बिनी प्रदेश साँसद डिल्लीराज भुसालले रेडक्रस गुल्मीले विपद्का घटनामा पहिलो पंक्तिमा उभिएर काम गरेको बताउनुभएको छ ।
शनिबार सदरमुकाम तम्घासमा नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाको ३५ औं साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै सांसद भुसालले रेडक्रस र यसले गर्ने कामलाई आफूले नजिकबाट बुझेको बताउँदै सफा हृदय भएका व्यक्ति यसमा आवद्व हुनुपर्ने बताउनुभयो ।

रेडक्रसले जिल्लामा रक्तदान जस्ता महत्वका क्षेत्रमा काम गरिरहेको बताउँदै कोभिड १९ जस्ता महामारीमा पनि जिल्लाका कुना कुनामा पुगेर सहयोग र उद्वारका कार्यप्रति प्रशंसा व्यक्त गर्नुभयो । भुसालले आफुले पनि यस संस्थामा आवद्व भएर योगदान गरेको बताउँदै राजनीति भन्दा बाहिर गएर नेतृत्व चयन गर्न पनि आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख द्रोर्ण बहादुर खत्रीले रेडक्रस मानवतासँग जोडिएको बताउनुभयो । मानवाविनाको विकास अपूर्ण हुन्छ । व्यक्तिगत जीवनको सफतासँगै सामाजिक रूपमा जोड्न सकियो भने रेडक्रस हो । कालीगण्डकी गाउँपालिकामा बहुवर्षिय योजनन अगाडि बढाईरहेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा लुम्बिनी प्रदेश साँसद डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले अफ्ठारो समयमा सम्झने संस्था नै रेडक्रस भएको बताउनुभयो । रेडक्रस कहिले पनि विभाजित संस्था रहेको बताउनुभयो । रेडक्रस सबैको साझा संस्था भएको बताए । रेडक्रसको साखलाई धमिलिनदिन नहुने बताउनुभयो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।