दुर्वाषा सहकारी संस्था बुटवलद्धारा रक्तदान कार्यक्रम सम्पन्न

0 141

सूर्य सुनार माघ २३, गुल्मी
दुर्वाषा बचत तथा ऋाण सहकारी संस्था लिमिडेट बुटवल ९ रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार दुर्वाषा बचत तथा ऋाण सहकारी संस्थाको १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रम अन्र्तगत कार्यक्रम गरिएको हो ।

बार्षिकोत्सव कार्यक्रमको अवसरमा केही नयाँ र मानविय क्षेत्रमा फरक काम गर्नुपर्छ, भन्ने उदेश्यले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरिएकोे दुर्वाषा बचत तथा ऋाण सहकारी संस्था अध्यक्ष इश्वरीप्रसाद पोखे्रलले जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष इश्वरीप्रसाद पोख्रेल नेपाल स्वंयम सेवी रक्तदाता समाज बुटवलका अध्यक्ष कृष्ण च्वानको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष बानेश्वर घिमिरेले राख्नुभएको थियो । कार्यक्रममा मन्तव्य सल्लाहकार युवराज घिमिरेले संस्थाको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
रक्तदान कार्यक्रम ब्लड बैँक बुटवलमा भएको थियो । जसमा रक्तदान ३५ पोका संकलन भएको हो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।