पोखरामा विमान दुर्घटनाको प्रारम्भिक कारण ‘प्राविधिक त्रुटि’ – आयोग

0 128

पोखरामा दुर्घटना भएको यती एअरलाइन्सको जहाज अवतरण गर्ने क्रममा दुवै इन्जिनका प्रोपेलर फेदर (निश्चित डिग्री अनुसार छड्के नभइ ९० डिग्रीमा रहनु) भएर दुर्घटना भएको जाँच आयोगले जनाएको छ ।
माघ १ गते भएको दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको जाँच आयोगले जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्दा प्रोपेलर फेदर नै दुर्घटनाको कारण रहेको देखिएको जनाएको हो ।

आयोगका सदस्य–सचिव बुद्धिसागर लामिछानेले विज्ञप्ति निकालेर जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा जानुको कारणबारे आयोगले प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइसकेको जानकारी गराउनुभएको छ । फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको विश्लेषण र अनुसन्धान सिङ्गापुरमा रहेको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेटिभ ब्युरोमा गरिएको हो । छानबिनको अन्तिम प्रतिवेदन आउन समय लाग्ने विज्ञप्तिमा उल्लेख छ । माघ १ गते ६८ जना यात्रु र चालकदलका चार सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरा विमानस्थलको धावनमार्ग नजिकै सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।