गुल्मीमा कुमाल समुदायको पेशा संरक्षण गर्न तीन महिने तालिम

0 133

अनिल खत्री माघ २४ गुल्मी
पछिल्लो समय गाउँघरमा कुमाल समुदायले निर्माण गर्ने माटाका भाडा र उनीहरुको पेशा नै संकटमा पर्दै जान थालेको छ । नेपाली संस्कृति झल्काउने माटाका भाडा र पेशाको संरक्षण संगै गाउँमै युवा उद्यमी निर्माणको लागि गुल्मीमा तीन महिने सिपमुलक तालिम संचालन गरेको छ ।

“औद्योगिक लागनी पूर्वाधार ,समृद्धको बलियो आधार” मुल नाराका साथ बुल्म सेरामिक वस्तु विकास केन्द्र इश्मा गाउँपालिका ६ अंमरपुर बुल्मचौरमा सेरामिक ग्यालेज तथा माटाका भाडा बनाउने तीन महिने तालिम सुभारम्भ गरिएको छ । बजारमा पलाष्टिकबाट निर्माण भएका भाडाँ चलनचल्तीमा आएसंगै गाउँघरमा कुमाल समुदायले माटोबाट बनाएका सामाग्री तथा पेशाको संरक्षण गर्न लुम्बीनी प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगर्त उद्यमशिलता तथा सिपमुलक तालिम, प्रविधिमा साहयोग , सामाग्रीको बजारीकरण तथा उद्यमी निर्माण गर्न घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको समन्वयमा तीन महिने तालिम संचालन गरिएको हो ।

परम्परागत शैलीमा कुमाल समुदायले निर्माण गरेका नेपाली संस्कृति झल्काउने भाडा निर्माण गर्दै पेशाको संरक्षण गर्न आर्थिक बर्ष २०७९। ०८०मा लुम्बीनी प्रदेश सरकारबाट ३० लाख विनियोजन भएको छ । बुल्ममा २०७१ सालमा नेपालमै पहिलो सेरामिक्स वस्तु विकास केन्द्रको स्थापना गरिएको थियो । वस्तु विकास केन्द्रले स्थापनाकाल देखि नेपाली कलाको पहिचान भर्दै संस्कृति झल्काउने माटाका सामाग्री निर्माण,युवालाई स्वरोजगारका लागि सिममुलक तालिम संचालन गर्दै आएको छ । तालिम पश्चात् सबै परिक्षार्थीले उद्यमी,स्वरोजगार बन्न सकेमा मात्र सरकारको लगानी र तालिमले सार्थकता पाउने प्रशिक्षक बताउनु हुनुहुन्छ ।

ad

कुमाल समुदायको पेशा संरक्षण गरी ग्रामिण क्षेत्रमा युवालाई उद्यमी निर्माण गर्न त्यहाँको वस्तुस्थिती र सम्भावनाको पहिचान समय समयमा घरेलु तथा साना उद्योग कार्यालय लगायतका कार्यालयलले सिपमुलक तालिम संचालन गरिरहेका छन् । तालिमबाट सिकेको सिपको प्रयोग गरी माटाका सामाग्री निर्माण गरेमा बजारको ग्यारेण्टी गर्ने स्थानीय सरकारको भनाई छ ।
संरक्षणको अभावमा कुमाल समुदायको संकटमा पर्न थालेको पेशालाई तालिम र स्थानीय सरकारको बजार ग्यारेण्टीले ठुलो टेवा पुग्नेछ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।