गल्मीमा ट्याक्टरले किच्दा २२ वर्षीय युवाको मृत्य

0 135

२७ माघ ः गुल्मीमा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका‐२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिए ।

नादी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक ट्याक्टरबाट खसेको र बीचको पाङ्ग्राले किच्दा मृत्यु भएको भण्डारीले बताउनुभयो । मृतक सु्वास लु ३ त ७४७१ नम्बरको ट्याक्टरका सहचालक हुन ।

सुवासलाई किच्ने ट्याक्टरका चालक सागर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ । मृतक सुवासको शव पोष्मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।