रेसुङ्गा नगरपालिकाद्धारा ज्येष्ठ नागरिकका संरक्षकहरुलाई सम्मान

0 278

सूर्य सुनार माघ २८, गुल्मी
गुल्मीको रेसुङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकका संरक्षकहरुलाई सम्मान गरेको छ । शनिबार रेसुङ्गा नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच नगरप्रमुख खिलध्वज पन्थीले सम्मान गर्नुभएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । नगरपालिकाको १४ वटै वडाबाट ४५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको शाखा प्रमुख कल्पना पाण्डेले जानकारी दिनुभयो ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले ज्येष्ठ नागरिकहरुलाई हेरचाह गरेको हुँदा त्यसको सम्मान स्वरुप संरक्षकहरुलाई नगरपालिकाले सम्मान गरेको बताउनुभयो । पछिल्लो समय वृद्धा अवस्था पुगेका ज्येष्ठ नागरिकलाई वृद्धाआश्रममा राख्ने गरेको हुँदा त्यो काम गलत भएको बताउँदै “त्यस्तो हुन नदिन नगरपालिकाले सम्मान कार्यक्रम आयोजना गरि समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । “जसले जन्म दिएर आज यहाँ सम्म आउन महत्वपूर्ण सहयोग गर्नुभयो, उहाँहरु भनेको भगवान सरह हुनुहुन्छ” पन्थीले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई सबैले माया, साथ र सहयोग गर्नुपर्छ ।”

ad

आफ्ना घरमा रहनुभएका आमा वुबाआमालाई स्याहार गर्दा नगरपालिकाले सम्मान गरेको भन्दै रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का फशुराम सापकोटा खुशीे हुनुभएको थियो । त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर ४ की कमला गौतमले दाइभाइ कोही नभएको र बुवाको मृत्यृ पछि आमालाई पालन पोषण गदै आउनुभएको छ । नगरपालिकाले सम्मान गरेकोमा आफूलाई थप हौसला थपिएको बताउनुभयो ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद अर्याल, वडाध्यक्ष कर्मचारी र ज्येष्ठ नागरिकको रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।