सूर्य सुनार, फागुन १ गुल्मी
लुम्बिनी प्रदेश सांसद दिनेश पन्थीले खेलकुद शारीरिक तथा मानसिक विकासका लागि मात्रै नभई राष्ट्र चिनाउने माध्यम भएको बताउनुभएको छ ।
सोमबार नेकपा एमालेको पार्टी कार्यालयमा राष्ट्रिय युवा संघ नेपाल गुल्मीले आयोजना गरेकोे ‘केपी ओली कप २०२३’ फुटबलको प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदले युवाहरुलाई थप उर्जा थपिने बताउनुभएको हो ।
मैत्रीपूर्ण प्रतिस्प्रर्धाले एकआपसमा भातृत्वको विकास गर्ने र युवाहरुले मनोरज्नको माध्यमबाट रचनात्मक खेल खेल्ने हुँदा उनीहरुको विकास गर्न खेलकुदले महत्व राखेको बताउनुभयो । समय समयमा खेलकुद प्रतियोगिता आयोजना हुनुपर्ने सांसद पन्थीले बताउनुभएको थियो ।
एमाले भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालले ‘केपी ओली कप २०२३’ फुटबल आयोजना गरेको छ । संघका अनुसार फुटबल आयोजना आगमी ११ फागुनबाट सुरु भएर १७ फागुनमा सकिने छ ।
संघको खेलकुद तथा स्वास्थ्य विभागले गर्न लागेको फुटबल काठमाडौँमा आयोजना गरेको राष्ट्रिय युवा संघ नेपाल गुल्मीका अध्यक्ष सुरेश भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिता विभिन्न आठ टिम सहभागि हुनेछन् । जसको प्रथम राशी १० लाखको रहने संघले जनाएको छ ।