चन्द्रकोटका ४६ जनाले लिए निःशुल्क लोकसेवा तयारी कक्षा

0 626

महेश बोहरा, फाल्गुन ३ गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले शिक्षक सेवा र लोक सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले विद्यार्थीहरुलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क रुपमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । गत माघ ११ गते देखि सुरु भएको अभिमुखीकरण कार्यक्रम बुधबार गाउँपालिकाका अध्यक्ष युवराज केसीको अध्यक्षतामा सम्पन्न भएको हो । गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका भित्रका ४६ जनाको सहभागीता रहेको थियो । दैनिक २ चरणमा विभिन्न विषयका लागी छुट्टाछुट्टै सहजकर्ताहरुबाट सहजीकरण गरिएको थियो । सहजीकरण अवधि भरी नमुना परिक्षण र पृष्ठपोषण कक्षा समेत सञ्चालन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै प्रशिक्षार्थी मन्जु पुन र इश्वरी पौड्लले गाउँपालिका प्रति धन्यवाद ज्ञापन गरेका छन । उनिहरुले गाउँपालिका मै शिक्षक सेवा र लोक सेवा कक्षा पढ्न पाउनु सौभाग्यको कुरा भएको बताए । आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल, अधिकृत नयनसिँह ठकुरी, कृष्ण प्रसाद गौतम, दिपेन्द्र जिसी, योजना अधिकृत प्रकाश पन्थी, लेखा अधिकृत वसन्त रिजाल, प्रशासन अधिकृत एंव प्रशिक्षक शिव ज्ञवाली लगायतले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

ad

यस्तै शिक्षक सेवा र लोक सेवा सम्बन्धि अभिमुखीकरण समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष युवराज केसीले गाउँमै बसेर लोकसेवा र शिक्षक सेवाको तयारी गर्नका लागि कक्षा सञ्चालन गरेको बताउनुभयो । हाम्रो क्षेत्रबाट लोक सेवामा कम आकर्षण छ ।” अध्यक्ष केसीले भन्नुभयो, “गाउँमै अभिमुखीकरण गराएर त्यसतर्फ केन्द्रित गराउन यो कार्यक्रम राखेका हौँ। ।” बाध्यताले सहरमा गएर लोकसेवा र शिक्षक सेवाको कक्षा लिने कुराको अन्त्य र आर्थिक हिसाबले कमजोर भएकाहरुलाई लक्षित गरेर कार्यक्रम राखिएको उहाँको भनाई छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।