उपभोक्ता हित संरक्षण मञ्च गुल्मीको पहिलो बैठक सम्पन्न

0 130

सूर्य सुनार फागुन ४, गुल्मी
उपभोक्ता हित संरक्षण मञ्च जिल्ला कार्य समिति गुल्मीको पहिलो बैठक सम्पन्न भएको छ । विहीबार सदरमुकाम तम्घास बालमन्दिरमा बसेको बैठकले ३ वटा निर्णय गरी सम्पन्न भएको हो ।
उपभोक्ता हित संरक्षण समिति मञ्चका गुल्मीका अध्यक्ष केशरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ देखी १४ सम्म सदस्यता वितरण अभियान गर्ने निर्णय गरेको हो । सदरमुकाम तम्घासबाट अभियान सुरु गर्दा प्रभाव पर्ने हुँदा पहिलो चरणमा रेसुङ्गा नगरपालिकाबाट सुरु गरिएको समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च गुल्मी २०७९ पौस ८ गते गठन भएको थियो । समिति गठन भए पछि जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाहरुलाई जानकारी गराउने निर्णय गरेको छ । यसले गर्दा जिल्लामा उपभोक्ताहरुको हितमा हुने कार्यक्रमहरुमा संस्थालाई जानकारी हुन पनि सहयोग मिल्ने अपेक्षा गरिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चको छुटै पहिचान र उपभोक्ताहरुको हितमा काम गदै आएको संस्था भएको हुँदा गुल्मी जिल्लामा पनि सोही मर्म अनुसार काम गरिने समितिका अध्यक्ष केशरबहादुर थापाले बताउनुभयो । उपभोक्ताहरुको बिषयमा बोल्ने भनेकै उपभोक्ता हित संरक्षण मञ्च भएको हुँदा जिल्लामा यसको विस्तार पालिका स्तरीय गरिने थापाको भनाई छ ।
कार्यक्रममा समितिका अध्यक्ष केशर बहादुर थापा, उपाध्यक्ष डिल्लीराज प्रोखरेल, सचिब बलबहादुर कुँवर, कोषाध्यक्ष पवित्रा नेपाल, सदस्य शान्ता पोखरेल, रिता बराल पाण्डे, सूर्य सुनारको उपस्थितमा बैठक सम्पन्न भएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।