शिक्षकहरूले पाउनै छोडे तलब, गाउँपालिका भन्छ : बजेट छैन

0 112

कालीगण्डकी गाउँपालिकाका ३१ जना शिक्षकले कात्तिक देखिको तलब खान पाएका छैनन्।​ गाउँपालिकाले आन्तरिक स्रोतमार्फत तलब खुवाउने गरी राखेका ३१ जना शिक्षकहरूले कार्तिक देखिको तलब नपाएको गुनासो गरेका हुन्।

गाउँपालिकाले आफैँ दरबन्दी सिर्जना गरी राखेका ३१ जना शिक्षकहरूलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिए। कार्तिक देखी पुससम्मको त्रैमासिक तलब खुवाउन ३९ लाख बजेट अभाव भएका कारण शिक्षकहरूको तलब खुवाउन नसकिएको पराजुलीको भनाइ छ। ३१ जना शिक्षकहरू मध्ये बालशिक्षा देखि माध्यमिक तहसम्मका शिक्षकहरू रहेको पराजुलीले बताए।

आन्तरिक स्रोत र कालीगण्डकी जलविद्युत परियोजानको रोयल्टीमार्फत तलब खुवाउने गरी बजेट विनियोजन गरेको र रोयल्टी नआएका कारण तलब खुवाउन नसकिएको गाउँपालिकाले जनाएको छ।

ad

कात्तिकदेखि तलब नआउँदा आफूहरूको दैनिकी खर्चहरू चल्न पनि समस्या भएको शिक्षकहरूले बताउँदै आएका छन्।

रोयल्टी नआए स सम्मान बिदा गर्ने योजनामा छौँ : गापा अध्यक्ष

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले रोयल्टी नआए शिक्षकहरूलाई स सम्मान बिदा गर्नेबाहेक आफूहरूसँग केही विकल्प नरहेको बताए।रोयल्टी बापतको रकमबाहेक आफूहरूसँग बजेट नभएकाले जहिले रोयल्टी आउँछ त्यही बेला तलब पाउने र रोयल्टी नआए उहाँहरूलाई भुक्तानी गर्नुपर्ने रकमको अभिलेख राखी स(सम्मान बिदा गर्ने उनको भनाइ छ।
थाहाखबरबाट

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।