गुल्मीमा चैतको अन्तिम हप्ता गुल्मी महोत्सव गरिने

0 146

हुमाकान्त पोखरेल, गुल्मी ।

१३ फागुन । गुल्मीमा आगामी चैतको अन्तिम साताबाट दोस्रो गुल्मी महोत्सव हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभामा चैतको अन्तिम साताबाट महोत्सव हुने जानकारी दिइएको हो । महोत्सव संचालनको लागि रेसुङ्गा नगरपालिकामा निवेदन दिइएको र महोत्सव गर्ने मौखिक सहमति नगरपालिकाबाट भएकोले जिल्लामा महोत्सव गर्ने निश्चित भएको संस्थाका सदस्य सूर्य घिमिरेले बताए । एसइइ पछिको प्रयोगात्मक परीक्षाको अवस्थालाई हेरेर चैतको २४ वा २६ गतेदेखि वैशाख ४ गतेसम्म महोत्सव संचालन गर्न लागिएको घिमिरेले बताए । गुल्मी जिल्लाको कला, संस्कृति, धर्म एवम् पर्यटकीय स्थलको प्रचारप्रचार गर्दै पर्यटन प्रवद्वन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । गुल्मी उद्योग बाणिज्य संघको आयोजनामा चौथो महोत्सव सम्म भएपनि चेम्बर अफ कमर्शको आयोजनामा पहिलो महोत्सव सम्पन्न भएकोले अब दोस्रो महोत्सव गर्न लागिएको गुल्मी चेम्बरले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।