रेसुङ्गामा आधारभूत ब्यूटिपार्लर तालिम सुरु

0 129

गुल्मी, १३ फागुन ।
रेसुङ्गा नगरपालिकामा दलित र एकल महिलाका लागि तीन महिने आधारभूत ब्यूटिपार्लर तालिम सुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोग र ग्रामीण साझेदारी विकास केन्द्रको आयोजनामा तालिम सुरु भएको हो । तालिममा प्रत्येक वडा र नगरपालिकाले छनोट गरेका २० महिला सहभागि छन् । तीन महिनासम्म चल्ने तालिममा महिलाहरु स्वरोजगार बन्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । शुक्रबार तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरपालिकाका उप–प्रमुख अमृता देवी कुँवरले समयको माग र आवश्यकताका आधारमा तालिम दिन लागिएको बताइन् ।

त्यसका साथै उनले तालिमलाई आधारभूत कोर्षमा मात्र सिमित नराखी एड्भान्स कोर्ष पनि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् । संस्थाका सचिव राम प्रसाद खनालले आफ्नै ठाउँमा महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले तालिम प्रदान गर्न थालिएको बताए । कार्यक्रममा नगरकार्यपालिकाका सदस्य सीता विश्वकर्मा, महिला तथा बालबालिका शाखा प्रमुख कल्पना पाण्डे, संस्थाका अध्यक्ष विष्णु बलाल, पत्रकार हुमाकान्त पोखरेल लगायत प्रशिक्षक एवम् प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।