चन्द्रकोट, सत्यवती र कालीगण्डकी गाउँपालिकामा सोमबार सार्वजनिक बिदा

0 935

गुल्मीः गुल्मीका तिन स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाको चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते सोमबार सार्वजनिक बिदा दिएका छन् ।
पालिका भित्र जनजातीको बाहुल्यता रहेको र उहाँहरुको आफनै संस्कृति पनि भएकाले पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिए ।
स्थानीय जातजाती, भाषभाषी र सँस्कृतिको जर्गेना गर्नु स्थानिय सरकारको दायित्व भएको पाण्डेको भनाई छ । चन्द्रकोट, कालीगण्डकी र सत्यवतीमा रहेका वडा कार्यालयहरु,बिद्यालय ,स्वास्थ्य संस्था तथा संघ संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।