गुल्मीमा बिभिन्न कार्यक्रम गरेर ४१ औं मगर दिवस मनाइयो

0 148

अनिल खत्री
१५ फागुन, गुल्मी गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४१ औं मगर दिवसको अबसरमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजनामा बिभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो ।

दिवसको अवसर पारेर जिल्ला सदरमुकाम तम्घास जम्मा भएका मगरहरुले बिभिन्न सांस्कृति प्रस्तुति सहित तम्घास बजारमा ¥याली रमेत गरेका थिए । ¥याली पछि आयोजित मञ्को कार्यक्रममा मगर संस्कृतिका खानाका बिभिन्न परिकार, मगर संस्कृति झल्कीने भेषभुषा सहित, मगर जातिका नृत लगायतका संस्कृति प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सल्लाहाकार बालसिंह काउछा, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक लगायत स्थानीय जनप्रतिनिध मगर समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश मगर समुदायले मगर जातीको कला संस्कृतिको संरक्षणमा ध्यानुपर्नेमा जोड दिएका थिए ।

दिवसको अबसर पारेर जिल्लाका ४ वटा स्थानीय तहमा सार्वजनिक बिदा समेत दिएका छन् । जिल्लाको कालिगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरवार गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती पालिकाहरुमा मगर समुदायकचो बहुल्यता रहेकालो कला, संस्कृतिको संरक्षणका निम्ति बिदा दिइएको गाउँपालिकाले जनाएका छन् ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।