जनयुद्धका प्रथम सहिदको स्मृतीमा हाजिरी जवाफ प्रतियोगिता

0 139

गुल्मी, १५ फागुन । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २७ औँ स्मृतिमा गुल्मीमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अनेरास्व्वियु क्रान्तिकारी धुर्कोट गाउँकमिटीको आयोजनामा वडा नम्बर ६ रजस्थलको धुर माध्यमिक विद्यालयमा आइतबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा गाउँपालिकाभित्रका नौ विद्यालयको सहभागिता रहेको थियो । जसमा वडा नम्बर ५ वस्तुको हिमालय मावि प्रथम, वडा नम्बर १ नयाँगाउँको नयाँगाउँ मावि द्धितिय, वडा नम्बर ७ वाग्लाको वाग्ला मावि तृतिय र वाग्लाकै भगवती मावि सान्त्वना भएको अखिल क्रान्तिकारी धुर्कोट गाउँकमिटी अध्यक्ष इन्द्र पोखरेलले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निम बहादुर पाण्डेले सहिदको स्मृतिमा विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमप्रति खुसि व्यक्त गरे । कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य भरत चन्द, माओवादी केन्द्र, गुल्मीका सचिव अशोक थापा, अखिल क्रान्तिकारी गुल्मीका अध्यक्ष राजन पोखरेल, माओवादी केन्द्र, लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य विर बहादुर जोगी कुँवर, धुर्कोट गाउँकमिटी उपाध्यक्ष चेतमान कुँवर, धुर माविका प्रध्यानाध्यापक लक्ष्मीप्रसाद खनाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम अखिल क्रान्तिकारी धुर्कोट गाउँकमिटी अध्यक्ष रीता रिजालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।