तम्घासको महेन्द्रमा चार कोठे भवनको शिलान्यास

0 169

सूर्य सुनार फागुन १८, गुल्मी
महेन्द्र नमुना माध्यामिक विद्यालयमा नयाँ चार कोठे भवनको विहीबार नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिलान्याश गर्नुभएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका १ तम्घासमा रहेको विद्यालयमा राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयमा चार कोठे भवनको शिलान्यास गरिएको विद्यालयका प्रधानाध्यपक कृष्णाप्रसाद मरासीनीले जानकारी दिनुभयो । विद्यालयमा कुल ५० लाख लागतमा विद्यालय भवन बन्नेछ । भवनको २०८० असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने प्रधानाध्यपक मरासीनीले बताउनुभयो ।
भवनको शिलान्यास गर्दै नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिक्षा क्षेत्रमा क्रमबद्ध परिवर्तन गर्नेतर्फ आफुहरु लागेको बताउनुभयो । गुणस्तरीय शिक्षाको लागि विद्यालयका आधुनिकका भवनहरु पनि निर्माण गर्नुपर्ने नगरप्रमुख पन्थीको भनाइ छ । महेन्द्र नमूना माध्यामिक विद्यालयले शौक्षिक क्षेत्रमा जिल्लामै गुणस्तरीय शिक्षा दिने र विद्यार्थीहरुले राम्रो नतिजा लिएको भन्दै नगरप्रमुख पन्थीले प्रशंसा गर्नुभएको थियो ।

महेन्द्र नमूना माध्यामिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुवनप्रसाद श्रेष्ठले समयमै काम सक्न आग्रह गर्नुभएको छ । उहाँले विद्यालयको नयाँ भवनले विद्यार्थीको अध्ययनमा सहजता ल्याउने पनि बताउनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम पन्थीले विद्यार्थीहरुलाई गुणस्तरीय र व्यवहारिक शिक्षा दिने तर्फ विद्यालय व्यवस्थापन समिति लागि परेको बताउनुभयो । साथै विद्यालयको नयाँ चार कोठे भवनको काम समयमै सक्न आफू लागि पर्ने उहाँको भनाई छ ।

ad

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम पन्थीको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अथित्यता नगरप्रमुख खिलध्वज पन्थीको थियो । शिक्षक शालिकराम पन्थीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।