गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव

0 169

गुल्मी गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव देखा परेको छ।

रेसुंगा नपा–८ स्थित दोबिन्दाखोलाको मूलबाट ल्याउने गरेको मुहानमा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले जानकारी दिए।

आफू अस्पताल विकास समितिको अध्यक्ष भएर आएपछि दीर्घकालीन रूपमा खानेपानीको समस्या हल गर्न पहल गर्दै आए पनि समस्या समाधान नभएको पाण्डेको भनाइ छ।

ad

अस्पताल नजिक रहको उपभोक्ता समितिको स्थायी लेखा नम्बर नहुँदा भुक्तानी गर्न समस्या हुने तत्कालीन लेखापालले भनेपछि पानीको मिटर जडानमा समेत समस्या भएको पाण्डेले बताए।

अस्पतालमा पानी अभाव हुँदा ल्याबमा चल्ने उपकरणमा पनि समस्या आउने गरेको पाण्डेले गुनासो गरेका छन्।

जिल्लाका चारवटा खानेपानीका उपभोक्ता समितिहरूसँग आफूले समस्याको समाधान गरौं भन्दा बृहत् खानेपानी उपभोक्ता समितिले सहज रूपमा स्वीकार गरेको र अन्यले आनाकानी गर्ने गरेको पाण्डेले बताए।

बृहत् खानेपानीको मिटर जडान गर्दा विद्युतीय मोटर लगाएर पानी तान्नुपर्ने र अन्य प्राविधिक समस्या पनि आउने भएकाले पनि जडान गर्न समस्या भएको पाण्डेले बताए।

प्रक्रिया पूरा गरेर आए पानी दिइने

यता खानीगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्षका बालसिंह काउछाले प्रक्रिया पूरा गरेर आए जोसुकैको पनि पानीको मिटर जडान हुने बताएका छन्।

उनले अस्पताल जस्तो संवेदनशील स्थलका लागि पानी दिन आनाकानी नगरेको दाबी गर्दै समितिले निर्धारण गरेको शुल्क बुझाएको रसिद सहित आए उही दिनै मिटर जडान गर्ने बताए।

यता रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले अस्पतालमा खानेपानीको समस्या आउन नदिन आफूले आजै समस्याको समाधान गर्ने बताएका छन्।

अस्पतालजस्तो संवेदनशील संस्थामा खानेपानीको अभाव हुन नदिन र अस्पतालको समस्या समाधान गर्न आफू सदैव तयार रहेको पन्थीको दाबी छ।

थाहा खबरबाट

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।