फोनिज गुल्मीको जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न

0 259

अमृता गाहा फागुन १९ शुक्रबार गुल्मी
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गुल्मीको जिल्ला भेला तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न भेलाले फोनिज नितीका लागी सुझाव संकलन गरेको छ ।

कार्यक्रमले जिल्लाका फोनिज सदस्य, साधारण सदस्यलाई क्रियाशिल बनाई राख्न तालिमको व्यवस्थ हुनुपर्ने, जिल्लामा रहेका फोनिज सदस्यलाई परिचय पत्रको व्यवस्था हुनुपर्ने र संघबाट फोनिज कोेषको स्थापनाको लागी व्यवस्था गरिनुपर्ने माग गरेको छ ।

साथै छलफलका क्रममा फोनिजसँग आवद्ध सदस्य, साधारण सदस्य लगायतलाई सक्रिय बनाइराख्न भविस्यमा आइपर्न सक्ने समस्यालाई मध्यनजर गर्दै आदिवासी जनजाति उत्थानको लागी कोष स्थापना गर्ने सर्वसम्मत निणर्य गरेको छ । फोनिज गुल्मीका उपाध्यक्ष तेजेन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

ad

सह–संयोजकमा फोनिज गुल्मीकी कोषाध्यक्ष अमृता गाहा मगर, सदस्य सचिव फोनिज गुल्मीका सचिव गंगु कुंवर, सदस्यमा सुरेश श्रेष्ठ र कमल थापा रहनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गुल्मीका अध्यक्ष लोकप्रसाद छन्त्यालको अध्यक्ष्यतामा बसेको छलफल कार्यक्रमको संचालन सचिव गंगु कुवँरले गर्नुभएको थियो । कार्यक्रममा फोनिज निकट पत्रकारहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।