एमाले गुल्मीको ‘मिसन ग्रासरुट’ पालिका स्तरीय कार्यक्रम सकियो

0 148

अनिल खत्री
२१ फागुन, गुल्मी । नेकपा एमाले गुल्मीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ जिल्ला भर सञ्चालनमा रहेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार फागुन ९ गतेबाट सुरु भएको अभियान अन्तरर्गत जिल्लाका १२ वटा स्थानीय तहमा पालिका स्तरीय कार्यक्रम सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी गुल्मीका उप–सचिव धर्म बिश्वकर्माले बताए ।
पालिका स्तरीय कार्यक्रम सम्पन्न भएलगत्तै फागुन १८ गतेबाट वडास्तरीय कार्यक्रम सञ्चालनमा रहेको बिश्वकर्माले बताए । अभियान अन्तर्गत पार्टीका वडास्तरका कार्यक्रम फागुन २९ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको नेकपा एमाले गुल्मीले जनाएको छ ।


‘मिसन ग्रासरुट’ अभियान २०७९ बैशाख ९ गते समापन हुने कार्यक्रम रहेको छ । ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत पालिका स्तर, वडास्तर, टोल स्तर र पार्टी सदस्य स्तर अनुसारका कार्यक्रम बनाएर अभियान चलाइएको नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले बताए ।
यो अभियान अन्तर्गत जिल्लामा केन्द्रिय प्रतिनिधीमा ४ जना केन्द्रिय नेता खटिएका छन् । जस अनुसार नेकपा एमाले पोलिटव्यूरो सदस्य ठाकुर गैरे र जिल्ला प्रतिनिधी नेकपा एमाले जिल्ला कमिटी गुल्मीका उप–सचिव धर्म बिश्वकर्मा सहितको टोलिले रुरुक्षेत्र, कालिगण्डकी र सत्यवति गाउँपालिकामा मिसन ग्रासरुटका कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यस्तै नेकपा एमाले केन्द्रिय सदस्य सृजना काफ्ले र जिल्ला कमिटी उपाध्यक्ष कृष्ण सुनार सहितको टोलीले गुल्मीदरवार, चन्द्रकोट र छत्रकोटमा अभियान सञ्चालन गरिरहेका छन् ।


नेकपा एमाले केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का र नेकपा एमाले गुल्मीका जिल्ला कमिटी उप–सचिव साबित्रा आचार्य सहितको टोलीले रेसुङ्गा नगरपालिका, धुर्कोट र मदाने गाउँपालिकामा अभियान सञ्चालन गर्ने जिम्मेवारी अनुसार कार्यक्रम गरिरहेको नेकपा एमाले गुल्मीले जनाएको छ । त्यस्तै नेकपा एमाले केन्द्रिय सदस्य बलराम अधिकारी र नेकपा एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपाली सहितको टोलीले मुसिकोट नगरपालिका, मालिका र इस्मा गाउँपालिकामा मिसनग्रासरुट अभियान सञ्चालन गरिरहेको नेकपा एमाले गुल्मीका उप–सचिव बिश्वकर्माले बताए ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल खटिएका छन् । ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत पालिका स्तरमा अन्तर्गक्रिया, भेला, वडा कमिटी गठन पुनरगठन, सदस्यता नवीकरण, जनवर्गिय संगठन अधिवेशन र विस्तार गर्ने योजना अनुसार कार्यक्रम सञ्चलन भइरहेको बिश्वकर्माको भनाई छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।