आर्थिक अभावले अस्पतालमा मृत्यु कुर्दै गुल्मीका आशिष

0 1,084

अजय खड्का                                                                  फागुन २३, गुल्मी ।                                                                 गुल्मीका आशिष विश्वकर्मा करिव गत वर्षको कार्तिकमा दुई लाख ऋण खोजेर दाङका एजेन्टमार्फत साउदी अरब उडे । सुरुमा म्यानपावरले भनेकै कम्पनीमा काम गरे तर, भने अनुसारको पैसा नपाएछि आशिषले साथीहरूको लहडमा कम्पनी छोडे । सप्लायर्समा मासिक एक लाख पाइने लोभमा नयाँ एजेन्टमार्फत सहरबाट निकै टाढा पुगे। लगभग पाँच महिना परिवारको सम्पर्कमा आएनन् । नयाँ काममा लागेपछि गत असोजमा ५५ हजार रुपैयाँ पनि घर पठाए । पछि उनि बिरामी पर्न थाले र काम गर्न जान नसक्ने भए । विभिन्न समाचार माध्यमबाट समाचार आएपश्चात अशिषको उद्धार गरि नेपाल ल्याइएको छ । उनलाइ अहिले विर अस्पतालमा उपचारको लागि राखिएको छ । तर उनको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन् । “ छोरालाई क्षयरोग लागेको छ भनेर डाक्टरले भनेको छन् । दैनिक २५ सयको औषधी सबै बाहिर बाट किन्नु पर्छ । केहि औषधी त अस्पताल ले नै दियो । अहिले हामी संग पनि पैसा छैन कतैबाट सहयोग आए छोरालाई बचाउन सकिन्थ्यो ” अशिषकी आमाले भनिन् । गुल्मीको रेसुङ्गा नगरपालिका ७ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका आशिषको परिवारमा बिपन्नताले बर्षौ र पुस्तौ छोडेन् । पुस्तौँ देखी खोला किनारको सुकुम्बासी वस्तीमा बस्दै आएको आशिषको परिवारको आर्थिक अवस्था दयनिय छ । आशिष विवाहित हुन उनको एक ४ वर्षको छोरा छन् । उनको अवस्था दिन प्रतिदिन बिग्रदो अवस्थामा छ । अहिले अशिषले आफुलाई बचाउन अपिल गरिरहेका छन् ।आर्थिक सहयोगको लागी साइन रेसुङ्गा विकास बैंक को खाता नम्बर ००१००१९५१०९ मायाँ विश्वकर्मा (आशिषको आमा) सम्पर्क ९७६८३३७८८९

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।