चन्द्रकोट गाउँपालिकामा विविध कार्यक्रम गरि नारी दिवस मनाइयो

0 106

गुल्मीको चन्द्रकोट गाउँपालिकामा विविध कार्यक्रम गरि नारी दिवस मनाइएको छ । ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार गाउँकार्यपालिकाको कार्यालय शान्तिपुरमा विविध कार्यक्रम गरिएको हो ।

गाउँपालिकाको नारी दिवसको अवसरमा महिला कुर्सी दौड प्रतियोगिता, खुल्ला गित प्रतियोगिता, ज्येष्ठ नागरिक सम्मान, स्वास्थ्य स्वयंसेविका सम्मान, उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति वितरण, घैँटो फुटाल्ने प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

खुल्ला गित प्रतियोगितामा पिपलबोट आमा समूह चन्द्रकोट गाउँपालिका–४ प्रथम, भएको छ । त्यस्तै दिदिबहिनी समुह चन्द्रकोट गाउँपालिका–८ द्वितीय, पारिजात आमा समूह चन्द्रकोट गाउँपालिका–१ तृतीय र समाजसेवा आमा समूह चन्द्रकोट गाउँपालिका–२ सान्तवना भएका छन् ।

ad

ज्येष्ठ नागरिक सम्मान तर्फ चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका ९६ वर्षीया पूर्णकला भण्डारीलाई सम्मान गरिएको थियो । घैँटो फुटाल्ने प्रतियोगितामा सुनिता सुनार बिजेता हुनुभएको छ । साथै कुर्सी दौड प्रतियोगितामा भीमा श्रीस बिजेता हुनुभएको छ ।

कार्यक्रममा विभिन्न वडामा कार्यरत स्वयंसेविका मध्ये प्रत्येक वडाका १÷१ जना महिला स्वयंसेविकालाई सम्मान गरिएको छ । साथै स्वयंसेविका गिता देवी गौतमलाई सम्मानसहित विदाइ गरिएको थियो । कार्यक्रममा शैक्षिक शत्र २०७८ मा उत्कृष्ट जिपिए तिन दशमलब छ शुन्य ल्याउन सफल कक्षा ५ का २ जना, कक्षा ८ का ५ जना, माध्यमिक शिक्षा परिक्षा (एसईइ) तर्फ छ जना तथा कक्षा १२ तर्फका १ जना गरी कुल १३ जना छात्रालाई सम्मान गरिएको थियो । साथै सिद्दार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु, महिला सामुदायिक सेवा केन्द्र तथा चन्द्रकोट गाउँपालिकाको तर्फबाट कक्षा ११ मा उत्कृष्ट अंक प्राप्त गर्ने विपन्न तथा जेहन्दार छात्रा सृजना थापालाई नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले सम्बोधन गर्नुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष युबराज केसी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, निवर्तमान उपाध्यक्ष राधिका अर्याल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, महिला संगठनका प्रतिनिधि, वर्तमान तथा निवर्तमान जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न महिला समूह तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन महिला बालवालिका शाखा प्रमुख यमकुमारी रानाले गर्नुभएको थियो भने कार्यक्रममा पाँच सय बढीको सहभागिता रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।