चन्द्रकोटमा बन्यो दुई वडा जोड्ने ९७ मिटर लामो झोलुङ्गे पुल

0 131

गुल्मीको चन्द्रकोट गाउँपालिकाका दुई वटा वडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । वडा नम्बर ४ रेमी र वडा नम्बर ६ क्वाङ्गदी गरा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको हो । बिहिवार गाउँपालिका अध्यक्ष युवराज केसीले एक कार्यक्रमका बिच पुलको उद्घाटन गरेका हुन । क्षेत्रगत कार्यक्रम , चन्द्रकोट गाउँपालिका र स्थानीय उपभोक्ताको श्रमदान सहित ४७ लाख ३९ हजार नौ सय ३४ रुपैयाँ लगानीमा ९७ मिटर लामो पुल निर्माण भएको हो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिए । एक वर्षको अवधीमा पुल निर्माण भएको हो । पुलले दुई गाउँको भूगोललाई मात्र नभई दुई गाउँको आर्थिक विकास र कृषिलाई समेत जोडेको गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । झोलुङ्गे पुलले क्वाङ्गदी गरा र रेमीको दुई विकट गाउँलाई निकट बनाउनुका साथै व्यवसायिक कृषि र पशुपालनको क्षेत्रलाई समेत सहज बनाउने अपेक्षा गाउँपालिकाले लिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।