आगामी सोमबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

0 128

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत पहिलो सातामा नै विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको तेस्रो सातापछि प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं माओवादी नेता हरिबोल गजुरेलले प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ गते विश्वासको मत लिने तयारी गरेको बताए। रास्वपाले भने सरकारबाट बाहिरिए पनि सरकारलाई समर्थन कायमै राखेको छ।

उसले राष्ट्रपतिमा कांग्रेसलाई सघाएका कारण सरकारमा जाने सम्भावना पनि कायमै छ।  प्रधानमन्त्री प्रचण्डले आफ्ना पार्टीका सांसद तथा मन्त्रीलाई आउँदो सोमबार अन्य कुनै कार्यक्रम नराख्न निर्देशन दिइसकेको एक नेताले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने मनसाय बनाएका छन्।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।