विश्व उपभोक्ता अधिकार दिवस गुल्मीमा पनि मनाइयो

0 410

तिलाचन पाण्डे, चैत्र ०१ गुल्मी

विश्व उपभोक्ता अधिकार दिवस गुल्मीमा पनि  मनाइएको छ । औधोगिक लगानी र पुर्वाधार समृद्धको बलियो आधार, स्वच्छ उर्जा मार्फत उपभोक्ता सशसक्तिकरण भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा दिवस मनाइएको हो ।गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको सभाहलमा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले दैनिक उपभोग्य बस्तुको प्रयोग गर्ने उपभोक्ताहरु नै बढी सचेत हुनुपर्नेमा जोड दिएका छन् । गुल्मी उद्योग संघका उपाध्यक्ष जनक पन्तले विश्व उपभोक्ता दिवस नारामा मात्रै सीमित हुन नहुनेमा जोड दिएका छन् । उनले बजारमा म्याद गएका सामानहरु विक्री भइरहेको अवस्थामा पनि सरोकारवाला निकायहरु मौन रहनु दुःखद भएको बताएका छन् । गुल्मी चेम्वर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले उपभोक्ताहरु बढीसचेत हुनुपर्ने र  सचेतनाका कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए । महिला उद्यमीसंघ गुल्मीकी नेतृ निर्मला केशीले सबै नागरिकहरु सचेत रहनुपर्ने  भन्दै महिलाहरु बढी आत्म निर्भर बन्नका लागि सीपमूलक तालिमहरुको ब्यबस्था संगै उद्यमी बन्नुपर्नेमा जोड दिइन् ।

यता मानव अधिकार तथा शान्ती समाज गुल्मीका अध्यक्ष ढुण्डीराज पोखरेलले उपभोक्ताहरुलाई सजग बनाउन आवश्यक रहेको भन्दै राज्यले पनि यसमा खासै चासो नदेखाएको टिप्पणी गरे । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले सम्बन्धित निकायले निरन्तर रुपमा बजार अनुगमन गर्नुपर्ने भन्दै सरोकारवाला सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले कार्यालयले बिद्यालय स्तरमा सचेतनाका कार्यक्रम र निरन्तर रुपमा बजार अनुगमन गर्दै आएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि एंव रेसुंगा नगरपालिका वडा नं १ का वडा अध्यक्ष रामप्रसाद पन्थीले उपभोक्ताहरु बढी सचेत  हुनुपर्ने भन्दै स्थानीय सरकार सधै जनताको पक्षमा रहेको दाबी गरे । कार्यालय प्रमुख भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले गरेका थिए ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।