आशा अपाङ्ग केन्द्र गुल्मीलाई सरसफाई सामग्री सहयोग

0 208

सूर्य सुनार चैत्र २, गुल्मी
आशा अपाङ्ग केन्द्र गुल्मीलाई गुल्मी जिल्ला अष्टे«लिया समाजले वासिङ्ग मेशिन र भ्याकुम क्लिनर सहयोग गरेको छ । विहीबार आशा अपाङ्ग केन्द्र गुल्मीको कार्यालयमा एक कार्यक्रमका बिच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
गुल्मी जिल्ला अष्टे«लिया समाजका पूर्वसचिब प्रेम सापकोटाले आशा अपाङ्ग केन्द्रको अनुगमन गर्दा संस्थाको समस्याको रुपमा रहेको सरसफाईलाई मध्यनजर गर्दै उहाँले त्यसको व्यवस्थापनका निम्ती आवश्यक सरसफाई सामग्री सहयोग गर्नुभएको हो । आशा अपाङ्ग केन्द्रलाई नेपाली १ लाख २ हजार बराबरको सहयोग गरेको छ ।
सरसफाई सामग्री हस्तान्तरण गर्दै समाजसेवी महेन्द्र भण्डारीले आशा अपाङ्ग केन्द्रलाई आवश्यक सहयोग गरेको प्रति गुल्मी अष्टे«लिया समाजलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । आगमी दिनमा भौतिक सामग्री पूर्ण हुन सके गुणस्तरीय सेवा प्रवाह गर्न सहज हुने हुँदा देश बिदेशबाट आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभएको थियो । साथै आशा अपाङ्ग केन्द्र गुल्मीले गरेका कामको बारेमा प्रंशसा गर्नुभएको थियो ।
आशा अपाङ्ग केन्द्र गुल्मीका उपाध्यक्ष गंगा रायमाझीले संस्थालाई आवश्यक सरसफाई सामग्री सहयोग गरेकोमा गुल्मी जिल्ला अष्टे«लिया समाजलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । यस सामग्रीले अपाङ्गता भएका नागरिकहरुलाई सरसफाई गर्न निकै सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
आशा अपाङ्ग केन्द्र गुल्मीले अहिले सम्म करिब पन्ध्र हजार अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको स्थापना भएपछि गुल्मी, अर्धाखाँची, बाग्लुङ्ग, पर्वत, काठमाडौँ सम्मका नागरिकले लाभ लिएका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।