गुल्मीबाट चार हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै

0 88

गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार बढी विद्यार्थी सहभागी हुनेभएका छन् । चैत १७ गतेदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ७२२ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।

इकाइ प्रमुख मरासिनीका अनुसार नियमित साधारणतर्फ चार हजार ३३८ र नियमित प्राविधिकतर्फ ३४२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । त्यस्तै, नियमिततर्फ खुला आठ र आंशिक तथा ग्रेडवृद्धितर्फ ४२ विद्यार्थी परीक्षामा सहभागी हुनेभएका छन् । परीक्षामा सहभागी हुन न्यूनतम् ७० प्रतिशत हाजिरी पुगेको हुनुपर्ने छ । यस जिल्लाका १६ विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गरेका छन् । यस वर्षको एसईईमा साधारण र प्राविधिक धारतर्फको परीक्षा केन्द्र एउटै केन्द्रमा हुनेभएको छ ।

विगतमा प्राविधिक धारतर्फको परीक्षा केन्द्र तम्घासको महेन्द्र माध्यमिक विद्यालयमा रहेको उहाँले बताउनुभयो । एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्लाका विभिन्न स्थानमा २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । यो वर्ष धुर्कोट गाउँपालिका –७, वाग्लामा रहेको भगवती माध्यमिक विद्यालयमा पनि परीक्षा केन्द्र निर्धारण गरिएको छ । त्यस्तै, परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला परीक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइले परीक्षाका लागि आवश्यक व्यवस्थापन गर्नेछ । त्यस्तै, परीक्षालाई प्रभावकारी बनाउन अनुगमन टोलीद्वारा अनुगमन गरिने बताइएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।