हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत

0 114

अनिल खत्री ३ चैत, गुल्मी । हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत मिलेको छ । गुल्मीलगायत छिमेकी जिल्लाहरुमा शुक्रबार दिउँसो केही बेर परेको पानीका कारण किसानलाई रातह मिलेको हो । हिउँदको समयमा पानी नपर्दा किसानहरुलाई समस्या पर्ने गरेको थियो । तर यो समयमा परेको पानीले मकै छर्ने तयारीमा रहेका किसानहरुलाई राहत मिलेको छ ।

गत असोज महिनामा परेको पानी त्यसयता हिउँदको समयमा परेको थिएन । पानी परेसँगै किसानहरुले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफुल अन्य वालीलाई राहत मिलेको छ । यसवर्ष हिउँदमा लामो समयसम्म खडेरीका कारण खेतवारीहरु खाली रहेका छन् ।किसानले हिउँदे वालीका रुपमा तोरी, गहुँ, केराउ, मसुरो, फापर जस्ता खेती गर्ने गर्दर्थे ।

हिँउदको समयमा पानी नपर्दा किसानहरुले लगायको बेमौसी तथा मौसमी तरकारी, फलफूल लगायतका वालीहरु पनि सुक्दै जान थालेका थिए ।

ad

वर्षात नहुँदा पानीका मुहानहरु समेत सुक्ने तथा घट्दै जान थालेका थिए । पानी नपर्दा जिल्लाका ग्रामीण भेगमा रहेका कच्ची सड्कहरुमा हिड्ने तथा सडक छेउमा रहेका घरहरुलाई धुलोले समस्या परेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।