मुसिकोटमा १० औँ जिल्ला स्तरीय रेडक्रसको उपशाखा गोष्ठी सम्पन्न

0 206

सुर्य सुनार चैत्र ४, गुल्मी
मुसिकोटमा १० औँ जिल्ला स्तरीय उपशाखा गोष्ठी सम्पन्न भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ बडागाउँ मैदानमा नेपाल रेडक्रस जिल्ला शाखा मुसिकोटको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । मुसिकोट रेडक्रस सोसाईटीद्धारा आयोजना गरिएको कार्यक्रम चैत्र ३ गते सुरु भई ४ गते सम्पन्न भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी मुसिकोट ३ ठूलापोखरामा नवनिर्मित भवनको नगरप्रमुख जीवन खरेलद्धारा उद्धघाटन गरिएको थियो ।

भवन जिल्ला रेडक्रस गुल्मी र मुसिकोट नगरपालिकाको साझेदारीमा १७ लाखमा सम्पन्न भएको हो । त्यस्तै भवन बनाउन जग्गा सहयोग गर्ने जग्गा दातालाई सम्मान गरिएको थियो । जसमा जग्गा सहयोग गर्ने हुतान्द्र घिमिरे र ओम बहादुर कार्की लाई सम्मान गरिएको हो । रेडक्रसमा आवद्ध रहनुभएका २२५ जना आजिव सदस्यहरुलाई सम्मान गरिएको मुसिकोट रेडक्रस सोसाईटीका उपसचिब महेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

ad

जिल्लाका २२ वटा उपशाखाद्धारा उपस्थित हुनुभएका रेडक्रसका प्रतिनिधिहरुले आफ्नो शाखाले गरेका कामको बारेमा प्रतिवेदन पेश गरेका थिए । जसले गर्दा आगमी दिनमा काम गर्न निकै सहज हुने विश्वास राखिएको मुसिकोट रेडक्रसका उपसचिब घिमिरेले बताउनुभयो । कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका पूर्व नगरप्रमुख सोमनाथ सापकोटाले आफू नगरप्रमुख हुँदा रेडक्रस र नगरपालिकाको साझेदारीमा भवन बनेको बताउनुभयो । “उहाँले भन्नुभयो, नगरप्रमुख हुँदा सुरु भएको भवन, आज रेडक्रसमा कार्यक्रममा हुँदा खुशी लागेको बताउनुभयो । आगमी दिनमा पनि रेडक्रसले विभिन्न तालिम संचालन गर्न सुझाव दिनुभएको थियो । जिल्ला रेडक्रस गुल्मीका उपसभापति महेन्द्र भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख आथित्यता मुसिकोट नगरपालिकाका पूर्व नगरप्रमुख सोमनाथ सापकोटाको रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।