रेसुङ्गा क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित

0 112

६ चैत, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित भएका छन् ।

एमाले निकट अखिल र माओवादी केन्द्रको अखिल क्रान्तिकारीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् ।

सोमबार राति सम्पन्न मतगणनाको परिणम अनुसार घिमिरेले ३९५ मत ल्याएर विजयी भएको रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत यमबहादुर क्षेत्रीले बताए ।

ad

सभापतिका प्रतिस्पर्धी अनेरास्ववियुका नवीन अर्यालले २६८ मत ल्याएर पराजित भएका छन् ।

सचिवमा नेविसंघकै सुदीप खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा पनि नेविसंघका यमुना सेनले ३८५ मत ल्याएर निर्वाचित भइन् ।

खुल्ला ५ सदस्यमा नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन् । क्याम्पसमा रहेका ७६१ जना विद्यार्थीमध्ये ६७१ जनाले मतदान गरेका थिए । रेसुङ्गा क्याम्पसमा ८८ प्रतिशत मतदान भएको थियो ।

क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु –क्रान्तिकारी) बीच तालमेल भएको थियो । नेविसंघ एक्लै चुनावी प्रतिस्पर्धामा गरेको थियो । ०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले सभापतिसहित जितेको थियो । तर, यसपटक गठबन्धन गर्दा पनि अनेरास्ववियु पराजित भएको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।