कक्षा ५ र ८ को पालिकास्तरीय वार्षिक परीक्षा मंगलबारदेखि सुरु

0 376

महेश बोहरा, चैत्र ०७ गुल्मी । चन्द्रकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक परीक्षा मंगलबारदेखि सुरु भएको छ । शैक्षिक शत्र २०७९ को चन्द्रकोट गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ५ र ८) उत्तीर्ण वार्षिक परीक्षा मंगलवारदेखि सुरु भएको हो । गाउँपालिकाका १४ वटा केन्द्रमा संचालन भएको परिक्षामा सामुदायिक र संस्थागत गरी कक्षा ५ तर्फ ३३ विद्यालयका ३ सय १८ जना विद्यार्थी सहभागी भएको गाउँपालिका शिक्षा अधिकृत नयनसिंह ठकुरीले जानकारी दिनुभयो ।

यस्तै कक्षा ८ तर्फ १७ विद्यालयका ४ सय २० जना विद्यार्थी सहभागी छन् । मंगलवार पहिलो दिनको परिक्षामा गाउँपालिका अध्यक्ष एवम् शिक्षा समितिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल, शिक्षा अधिकृत नयन सिंह ठकुरी लगायतले अनुगमन निरिक्षण गर्नुभएको छ । कक्षा ५ र ८ को सबै प्रश्नहरुको निमार्ण, उत्तरपुस्तिका जाँच, नतिजा प्रकाशन लगायतको कार्य गाउँपालिका मार्फत हुने शिक्षा अधिकृत नयन सिंह ठकुरीले बताउनुभयो । गाउँपालिका अध्यक्ष युवराज केसीले परिक्षालाई मर्यादित बनाउन पनि निर्देशन दिनुभएको छ । सौहार्दपूर्ण बातावरणमा परिक्षा सञ्चालन भएको उहाँको भनाई छ ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।