गुल्मीमा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो

0 236

सूर्य सुनार चैत्र ८, गुल्मी
गुल्मीमा पछिलो समय नदीजन्य पदार्थको चोरी निकासी बढेको पाइएको छ । जिल्लाको मुसिकोट नगरपालिकामा नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । खोलानालामा नदीजन्य पदार्थ (ढुंगा, गिटी बालुवा)को चोरी निकासी हो । दिउँसो तथा रातिको समयमा खोलामा एक्जाभेटर नै लगाएर नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको सुचना नगरपालिकामा आएपछि नगरप्रमुख जीवन खरेलको संयोजकमा अनुगमन गर्दा चोरी निकासी भएको पाइएको हो ।

नगरपालिकाको वडा नम्बर ३ झेदीमा नदीजन्य पदार्थको चोरी निकासी भएको खबर नगरपालिकामा आएपछि अनुगमन गर्दा चोरी निकासी भएको हुँदा सवारी साधानलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको नगरप्रमुख जीवन खरेलले बताउनुभयो । नदीजन्य पदार्थ उत्खनन् र चोरी हुँदा राजस्व गुमिरहेको छ भने अर्कोतिर अव्यवस्थित उत्खनन्ले चौतर्फी जोखिम बढाउन सक्न हुँदा त्यसको रोकथामको निम्ती आवश्यक कारबाही गरिने नगरप्रमख खरेलको भनाई छ । नियम विपरित नदीजन्य पदार्थको चोरी निकासी भएको हुँदा प्रशासन र जिल्ला समन्वय समितिलाई समेत जानकारी गराइएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले नदीजन्य पदार्थ चोरी निकासी तथा उत्खनन गरेमा कारबाही गर्ने अधिकार आफूलाई नरहेको बताउँदै चोरी निकासी भएको खण्डमा प्रहरीको माध्यम बाट नियन्त्रण लिन सहयोग गर्ने बताउनुभयो । चोरी निकासी गर्नेलाई आवश्यक कारबाही हुनुपर्ने प्रमुख जिल्ला अधिकारी पाठकले बताउनुभयो ।

ad

जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले जिल्लाका विभिन्न क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी भइरहेकोबारे आफूहरू जानकार रहेको बताउँदै त्यसलाई रोक्ने प्रयास गरे तापनि सफल हुन नसकिएको बताउनुभयो । आफूहरू अनुगमनमा निस्किँदा नदीजन्य सामग्री चोरी भइरहेको पाउने गरेको र प्रहरी लगाएर पक्रने र जरिवाना तिराउने काम पनि भइरहेको उनले बताए । “हामीले चोरी रोक्ने धेरै प्रयास गरिरहेका छौं, तै पनि चोरी निकासी रोक्न सकिएको छैन, यसको पछाडि विविध समस्या छ । स्थानीय तह, प्रहरी सबै यसलाई रोक्न जिम्मेवार भएर लाग्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख खत्रीको भनाई छ ।

नगरप्रमुख खरेलको नेतृत्वमा अनुगमन गर्दा लु. १ क ३३७९, लु.१ क ५०३५ र लु.२ ख २०५६ को टिप्परलाई नियन्त्रणमा लिएको छ । त्यस्तै २ ट्रयाक्टर र एक एक्जाभेटर पनि नियन्त्रणमा लिएको नगरपालिकाले जनाएको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।