रेसुङ्गा क्याम्पसका विद्यार्थीलाई वित्तीय साक्षरता

0 308

अनिल खत्री,९ चैत, गुल्मी । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक गुल्मी शाखाद्वारा रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । युवा विद्यार्थीहरुलाई वित्तीय ज्ञान सीपबाट व्यावहारिक रुपमा सक्षम बनाउने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।
‘ग्लोबल मनी वीक’ कार्यक्रम अनुसार विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम दिन थालिएको छ । क्याम्पसमा रहेका विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रूपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्वृद्धिमा सघाउ पुरÞ्याउने उद्देश्यले कार्यक्रम गरिएको नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक गुल्मी शाखाका प्रवन्धक कालिदास पाण्डेले बताए ।
विद्यार्थीहरुलाई वित्तीय साक्षरताको अर्थ, नेपालमा वित्तीय प्रणालीको अवस्थामा, बैंकले गर्ने मुख्य कामहरु, वित्तीय अनुशासन र डिजिटल बैकिङ प्रविधिका बारेमा जानकारी गराइएको थियो ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक, वित्तीय तथा गैर बैंक वित्तीय संस्थाबाट युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन् । यस वर्षको थिमले युवाहरूमा वित्तीय चेतना अभिवृद्धिमार्फत वित्तीय व्यवहारको दिगोपन र सबल वित्तीय वातावरण विकासमा जोड दिएको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।