चन्द्रकोटका ९६ विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण

0 1,336

महेश बोहरा, चैत्र ११ गुल्मी ।
चन्द्रकोट गाउँपालिका गुल्मीको “उज्यालो चन्द्रकोट” अभियान अन्तर्गत निःशुल्क बिद्युत मिटर वितरण गरिएको छ । गाउँपालिका भित्रका ९६ विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरिएको हो । विपन्न नागरिकको घरमा निशुल्क विद्युत मिटर जडान अन्र्तगत मिटर वितरण कार्यक्रम सम्पन्न भएको छ । शान्तिपुर ईलाका सामुदायिक ग्रामिण विद्युतीकरण उपभोक्ता समुहसँगको सहकार्यमा गाउँपालिकाले विपन्न नागरिकहरुलाई बिद्युत मिटर वितरण गरेको हो । चन्द्रकोट गाउँपालिकाको वडा नम्बर २,३,४,५ र ६ का विपन्न नागरिकहरूलाई पहिलो चरणमा विद्युत मिटर प्रदान गरिएको हो ।

गाउँपालिका अध्यक्ष युवराज केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, शान्तिपुर ईलाका सामुदायिक ग्रामिण विद्युतीकरण उपभोक्ता समुहका अध्यक्ष धाचानन्द शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विद्युतीकरण उपभोक्ता समितिका पदाधिकारी तथा कर्मचारीहरू, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो।

ad


कार्यक्रमा शान्तिपुर ईलाका सामुदायिक ग्रामिण विद्युतीकरण उपभोक्ता समुहका पूर्व अध्यक्ष सिद्धबहादुर थापा, नेकपा मओवादी केन्द्र चन्द्रकोट गाउँ कमिटि अध्यक्ष टंकबहादुर क्षेत्री, नेपाली काँँग्रेसका घनश्याम गौतम, वडा अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक बल बहादुर बस्नेत, शान्तिपुर ईलाका सामुदायिक ग्रामिण विद्युतीकरण उपभोक्ता समुहका अध्यक्ष धाचानन्द शर्मा, गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी लगायतले आफ्नो भनाई राख्नु भएको थियो।


कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष युवराज खत्रीले हरेक नागरिकको साथमा गाउँपालिका सधै रहेको बताउनुभयो । बिद्युत मिटर निःशुल्क रुपमा वितरण गरेर गाउँपालिका सधैँव नागरिकको साथमा रहेको उल्लेख गर्नुभयो । कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख शिव ज्ञवालीले गर्नुभएको थियो ।

प्रमुख प्रशासकीय विष्णुप्रसाद भुसालले कार्यक्रमको औचित्यता तथा उद्देश्यको बारेमा प्रकाश पादै स्वागत मनतव्य राख्नुभएको थियो । उज्यालो चन्द्रकोट अभियान सम्पन्न गर्ने क्रममा यश कार्यक्रम को कार्यान्वय गर्न पालिकाले सार्वजनिक सूचना प्रकाशन गरि निवेदन संकलन गरी गाउँपालिकाको विपन्न नागरिकको घरमा निशुल्क विद्युत मिटर जडान कार्यविधि २०७९ मा आधारीत रहि विशेष कार्यदलको सुझाव बमोजिम छनौट समितिले लाभग्राही छनौट गरेको थियो ।


५ वडाका कुल ९६ जना लाभग्राहीलाई निशुल्क विद्युत मिटर वितरण गरिएको थियो। जसमा पालिकाको तर्फवाट विद्युत मिटर, उपभोक्ता समुहको तर्फवाट सदस्यता शुल्क छुट तथा नागरिकको तर्फबाट आवश्यक तार सहित घरमा विद्युत जडान गरिने छ। साथै अभियान अन्तर्गत क्रमश सबै वडाका विपन्न नागरिकको लागि मिटर वितरण गरिने पालिकाले जनाएको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।