चैते दशैंको दिन मालिका गाउँपालिकाले सार्वजनिक बिदा दिने

0 127

चैत १४ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले ९चैत १४० चैते दशैंको दिन सार्वजनिक बिदा दिने भएको छ ।

हिन्दुहरुको पर्व चैते दशैंको दिन गाउँपालिका भित्रका विभिन्न मठ, मन्दिरमा धार्मिक पूजापाठ हुनुका साथै मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिईएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिए ।

ad

चैत १३ गते बसेको कार्यापालिकाको वैठकले उक्त निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तराज भुसालले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।

सार्वजनिक बिदाको दिन गाउँपालिका क्षेत्रका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालयहरु, शिक्षण तथा स्वास्थ्य संस्थाहरुका साथै अन्य सार्वजनिक संस्थाहरु बन्द हुनेछन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।