चन्द्रकोटमा मेड्पा मार्फत कृषकलाई प्रविधि हस्तान्तरण

0 1,259

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा कृषकलाई आवश्यक पर्ने प्रविधि हस्तारन्तरण गरिएको छ । नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत चालू आर्थिक बर्षमा संचालित सीप विकास तालिम अन्तर्गत चन्द्रकोटका विभिन्न वडाहरुमा कृषकलाई प्रविधि हस्तान्तरण गरिएको हो । चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ मा संचालित व्यवसायिक मौरी पालन, वडा नं २ मा संचालित आलु खेती सम्बन्धी तालिम तथा वडा नं १ र २ मा संचालित मौरीपालन तालिम अन्तर्गतको स्तरोन्नति तालिमको प्रविधि हस्तान्तरण, प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम गरिएको थियो ।

गाउँपालिका अध्यक्ष तथा उद्यम विकास समिति संयोजक युवराज केसीको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालको विशिष्ट आतिथ्यतामा संचालित कार्यक्रममा वडा अध्यक्षहरू, निवर्तमान वडा अध्यक्ष, कार्यक्रमका सम्पर्क व्यक्ति, वडा सदस्य, उद्यम विकास सहजकर्ताहरू लगायतको उपस्थिति रहेको थियो । जस अन्तर्गत वडा नं ६ का कुल ३३ जनालाई गोला सहितको माहुरीको घार, मह मदानी, पञ्जा, टोपी लगायतका सामाग्री प्रदान गरिएको थियो । यस्तै आलु खेती तालिम तर्फ ३५ जनालाई उन्नत जातका आलुका विउ, मल, कुटो लगायतका सामाग्री दिईएको थियो भने आवश्यकता पहिचानका आधारमा पुर्नताजगी तथा एड्भान्स सीप बिकास तालिम स्तरोन्नति तर्फ वडा न. १ र २ का २१ जनालाई घार राख्ने स्ट्याण्ड, टोपी, पञ्जा, धुवाँदानी, क्वीन गेट लगायतका सामाग्री प्रदान गरिएको थियो।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।