रेसुङ्गा नगरपालिकाद्धारा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

0 340

सूर्य सुनार चैत्र १६, गुल्मी
गुल्मीको रेसुङ्गा नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । बिहीबार एक कार्यक्रमका बिच नगरपालिकाको सभाहलमा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उद्धघाटन गर्नुभएको हो ।
नगरपालिकाले विद्यार्थीहरूलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क लोकसेवा तयारी सञ्चालन गरिएको हो । रेसुङ्गा नगरपालिका भित्र बस्ने स्थायी ठेगाना भएका विद्याथीहरुले शिक्षक सेवा र लोक सेवामा परिक्षा दिदाँ उनीहरुको क्षमता वृद्धी गर्न कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले नगरपालिकाको महत्वपूर्ण कार्यक्रम भएको हुँदा विद्यार्थीहरुले समयको सदुपयोग गरेर लाभ लिन आग्रह गर्नुभएको छ । गुल्मेलीहरुको निजामती सेवामा छुटै पहिचान रहेको बताउँदै, त्यो नामलाई यथावत राख्न आजको कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम अनुसार निःशुल्क लोकसेवा तयारी सञ्चालन प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए ।
नगरपालिकाको वडा नम्बर १ देखी १४ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको छ । जसमा लोक सेवा तर्फ १६६ जना र शिक्षक सेवामा ६७ जना विद्यार्थीको सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत अर्यालले बताए ।

लोकसेवा र शिक्षक सेवाका विद्यार्थीहरुले ३ महिना सम्म सिक्न पाउने छन् । कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन कार्यक्रम प्रमुख शंकरप्रसाद गौतमले गर्नुभएको थियो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।