संसद अवसरवादीको थलो भयो – सांसद शाही

0 120

अनिल खत्री , १७ चैत, गुल्मी ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संघीय सांसद ज्ञानेन्द्र शाहीले संसद अवसरवादीको थलो भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा शाहीले देशको निम्ती केहि नगर्ने अवसरवादीको थलो भएको बताए ।

सत्ता र कुर्चीका लागि जे पनि गर्नेहरु मात्रै संसदमा भएकाले देशले प्रगती गर्न नसकेको शाहीले बताए । मन्दी पद बाहिरबाट हेर्दा घिन लाग्ने भएको छ उनले भने,‘मन्त्री पद जनताबाट निर्वाचित भएर जनताकालागि काम थर्ने थलो हुनुपर्ने हो ।’

संसदिय व्यवस्थामा पटक पटक फेल भएर पनि मन्त्री हुनुपाउनु पर्ने व्यवस्था गलत भएको छ सांसद साहीले भने, ‘संसदमा पटक–पटक असफल हुने तर देशको नेतृत्व लिनेहरुबाट जनताले आशा गर्ने ठाउँ छैन् ।’ देशको अवस्था र व्यवस्था दुवै परिवर्तन गर्न जरुरी रहेको उनले बताए ।

ad

गुल्मी जिल्लाको रेसुङ्गा, रिडी धार्मिक र पर्यटकीय रुपमा धेरै महत्वपूर्ण भए पनि पछाडी परेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

राप्रपा संसदीय दलका प्रमुख सचेतक समेत रहनुभएका शाहीले प्रदेश खारेज, प्रत्यक्ष जनताबाट निवार्चित प्रधानमन्त्री र राजतन्त्र स्थापना हुनुपर्ने बताए । राष्ट्रियता जोगाउन, सिमाको सुरक्षा गर्न र आन्तारिक एकताको लागि राजा चाहिने शाहीको तर्क रहेको गरे ।
शाहीले नेपालको संविधान बिदेशीले बनाएको आरोप लगाए । उनले संविधानमा निकै त्रृटि भएको समेत उल्लेख गरे ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।