जानकी साहित्य पुरस्कार आख्यानकार भण्डारीलाई प्रदान गरिने

0 236

अनिल खत्री
१७ चैत, गुल्मी । गुल्मीको किरण पुस्तकालय तम्घासद्धारा प्रदान गरिने जानकी साहित्य पुरस्कार २०८० आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका बस्तु गुल्मीमा जन्मेर (हाल तिलोत्तमा–८ दीपनगर, रुपन्देही) आख्यानकार भण्डारीलाई प्रदान गर्ने निर्णय भएको किरण पुस्ताकालयका साहित्यकार दीन पन्थीले बताए ।
उक्त पुरस्कार चैतको राम न्वामीको अबसरमा घोषणा गर्ने र मोती जयन्तीको अबसर पारेर प्रदान गर्ने गरिन्छ । पुरस्कृत आख्यानकार भण्डारीका चिराग (लघुकथा संग्रह) – २०४७, अस्वीकृत कथाहरू (कथा संग्रह)– २०५८, अविरल यात्रा (लघुकथा संग्रह) – २०६३, चरीका रमाइला कथा (बालकथा संग्रह) २०६७ रहेका छन् । त्यस्तै काला सर्पको खोजी (लघुकथा संग्रह) – २०६७, कुनमिनको सेरोफेरो (नियात्रा)–२०६९ मनको आँखा (बालकथा संग्रह ) – २०६९ रहेको छ ।
गोनू झा र चोरहरू (बालचित्र कथा) –२०७०, धनञ्जय गोत्रीय भणडारीहरूको वंशावली– २०७०, सुनको झ्याल (बाल उपन्यास) – २०७४ का साथै विभिन्न पत्रपत्रिकामा कथाहरू प्रकाशित छन् । पुरस्कार साहित्यमा रुचि राख्ने स्व. जानकी ज्ञवाली गौतमको सम्झनामा उहाँको परिवार र पुस्तकालयको सम्झौताअनुसार गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारहरूलाई प्रदान गरिन्छ ।
हालसम्म २०७३ सालमा स्थापना भएको उक्त पुरस्कार यसभन्दा अगाडि सूर्यबहादुर सेन वलीले २०७५ सालमा भागीरथी श्रेष्ठले २०७६ सालमा, रामप्रसाद पन्तले २०७७ सालमा र नारद गौतमले २०७८ सालमा र रुद्र ज्ञवालीले २०७१ सालमा प्राप्त गरिसकेका छन् । साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मी समेत रहेकी ज्ञवालीको ०७३ साल मंसिर १२ गते अल्पायुमै निधन भएको थियो ।
स्वर्गीय जानकी ज्ञवाली गौतमले साहित्य तथा समाज सेवाको क्षेत्रमा पु¥याएको योगदानलाई स्मरणीय बनाउन परिवारजनले जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरेका छन् । प्रतिष्ठानको तर्फदेखि जानकी साहित्य पुरस्कारको लागि १ लाख ५१ हजार १सय ५१ रुपैयाँको अक्षय कोष किरण पुस्तकालयमा स्थापना गरिएको छ ।
सोही अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमी तथा कर्मभूमी भई इतिहास, कला, साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई जानकी साहित्य पुरस्कार प्रदान गर्ने गरिएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।