रुरुक्षेत्रमा एकीकृत घुम्ती शिविर सम्पन्न

0 195

हुमाकान्त पोखरेल
गुल्मी, १८ चैत । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले एकीकृत घुम्ती शिविर सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ रिमुवामा सम्पन्न शिविरमा डाक्टरसहितको स्वास्थ्य सेवा, आयुर्वेद सेवा, अपाङ्गता परिचय पत्र वितरण, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी सेवा प्रदान गरिएको थियो । त्यस्तै पशुपंक्षी स्वास्थ्य सम्बन्धी चेकजाँच तथा निस्शुल्क औषधी वितरण, निस्शुल्क कृषि औषधीरविषादी वितरण तथा परामर्श, मनसुनजन्य विपद्मा परेका लाभग्राहीहरुको सम्झौता, प्रकाशित गरिव परिवारको प्रारम्भिक सूचि उपर गुनासो दर्ता र व्यवसाय दर्ता नविकरण सेवा उपलब्ध गराइएको थियो ।

शिविरमा कुल ४०२ जना लाभाम्वित भएका छन् । जसमध्ये ३२ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । कृषि सेवा ५०, आयुर्वेद ८७, पशु सेवा ७१, स्वास्थ्य सेवा १०८ जनालाई प्रदान गरिएको छ । गुनासो सुनुवाई आठ जना, मनसुनजन्य विपत्मा परेका पाँच जनाको सम्झौता, दुईवटा व्यवसाय दर्ता र आठ जनाको गुनासो सुनुवाई गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । नागरिकलाई छिटो–छरितो सेवा प्रदान गर्नको लागि रिमुवामा शिविर संचालन गरिएको ज्ञवालीले बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।