एकल पुरुषको साहारा बन्दै इस्मा गाउँपालिका

0 189

सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका एकल पुरुषको साहारा बन्दै गएको छ । गाउँपालिकाले ५५ बर्ष माथिका करिब ७० जना एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि एकल पुरुषलाई थप राहत भएको हो ।

गाउँपालकाले बार्षिक निति तथा कार्यक्रम बमोजिम ५५ बर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।

गाउँपालिकाले बितरण गर्न थालेको एकल पुरुष भत्ता लिनेमा सबैभन्दा बढि वडा नम्बर १ मा १९ जना छन त्यस्तै वडा नम्बर २ र ४ मा १६÷१६ जना छन् त्यस्तै वडा नम्बर ३ मा ४ जना र वडा नम्बर ५ र ६ मा ६÷८ जना गरि ६९ जना एकल पुरुषलाइ मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको इस्मा गाउँपालिका आइएमएस अपरेटर बलराम खनालले जानकारी दिएका छन् ।

ad

राज्यले एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिइ आर्थिक तथा सामाजिक रुपमा पुनःउत्थान गर्ने निति लिएको भएता पनि एकल पुरुषमाथि निर्मम विभेद गरेको इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुवँरले बताइन ।

उनले भनिन ञहामीले वितरण गरेको सामाजिक सुरक्षा भत्ताले एकल पुरुषको जिविको पार्जन गर्न न्युनतम भए पनि राहत होस् भन्ने हेतुले यो कार्यक्रम सुरुवात गरिएको छ ञ उनले यो कार्यक्रम प्रभावकारी पनि भै रहेको उनको भनाई छ ।

उनले एकल पुरुषले पाउँने सुरक्षा भत्तालाइ निरन्तरता समेत दिने जानकारी दिएकि छन्।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।