कृषि उत्पादनको बजार ग्यारेण्टी गर्दै मुसिकोट, उत्साहित कृषक

0 160

सागर भण्डारी ÷जिटिभि,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले कृषकहरुले उत्पादन गरेका कृषिजन्य सामाग्रीहरुको बजार ग्यारेण्टी गर्ने गरी कृषि उपज बिक्री सुनिश्चितता कार्यक्रमको सुरुवात गरेको छ ।

चालु आर्थिक वर्षमा निकै महत्वका साथ हेरिएको कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो । नगरपालिकाले पहिलो चरणमा तरकारीजन्य सामाग्रीहरु खरिद गर्ने भन्दै खरिद सामाग्रीहरुको मूल्य सुचि समेत सार्वजनिक गरेको थियो ।

पहिलो दिन शुक्रवार मुसिकोट नगरपालिका वडा नं १ भर्माचौरका कृषकहरुले उत्पादन गरेको आलु, बन्दा गोबी र बकुल्ला लगायतका सामाग्रीहरु नगरपालिकाले किसानको घरमै गई खरिद गरेको छ । जसमध्ये भर्माचौर प्रगतिशिल कृषक समुह मार्फत उत्पादित २५ क्विन्टल आलु, ५ क्विन्टल बन्दा गोबी र ८ केजी बकुल्ला खरिद गरि नगरपालिकाको केन्द्र वामीटक्सारमा रहेको कृषि उपज बिक्री तथा सकंलन केन्द्रमा राखिएको छ ।

ad

शुक्रवार नै नगरपालिकाले बिक्री केन्द्रको समेत शुभारम्भ गरेको छ । कृषकहरुसगं खरिद गरिएका सामाग्रीहरुलाई नगरपालिकाले आफै बिक्री गर्ने गरी सकंलन तथा बिक्री केन्द्र निर्माण गरिएको हो ।

नगरपालिकाका कृषि अधिकृत जनक पौडेलले पहिलो दिन वडा नं १ का कृषकहरुको उत्पादन खरिद गरिएको भन्दै अब क्रमश अन्य वडामा रहेका कृषकहरुबाट उत्पादित सामाग्रीहरु पनि खरिद गरिने बताउनुभयो । प्रत्येक हप्ताको मगंलबार र शुक्रवार वडास्तरमा पुगरे कृषि उपजहरु सकंलन गरिने उहाँको भनाई छ ।

मुसिकोट नगरपालिकामा आफुहरुले पदभार ग्रहण गर्दै गर्दा घोषणा गरेको कार्यक्रम सुरुवात भएको भन्दै नगरप्रमुख जीवन खरेलले कार्यक्रमको निरन्तरताका विषयमा शकां नगर्न आग्रह गर्नुभयो । उहाँले कृषकहरुलाई कृषि पेशामा प्रोत्साहित गर्ने र उत्पादित सामाग्रीको बजार ग्यारेण्टी गर्ने गरी नगरपालिकाले यो कार्यक्रमको सुरुवात गरेको बताउनुभयो ।

नगरपालिकाले कृषकहरुका उत्पादनहरुको मूल्य निर्धारण गरी सोझै कृषकहरुको टोल टोलमै गई उत्पादित सामाग्री खरिद गर्ने जनाएको छ । ठुलो परिमाणमा कृषि सामाग्री उत्पादन भएको भए घरमै गएर खरिद गर्ने योजना रहेको नगरपालिकाका उपप्रमुख गगां श्रेष्ठले बताउनुभयो । उत्पादन भएका वस्तुको बजारीकरण र किसानका उत्पादनलाई उचित मूल्यको समेत व्यवस्था गरिने उहाँको भनाई छ ।

कृषकसगं रहेका विभिन्न कृषि सामाग्रीहरुको चलनचल्ती बजार भाउ र विभिन्न मापदण्डलाई आधार मानेर विभिन्न समयमा मुल्य निर्धारण तथा परिवर्तन गरिने मुल्य निर्धारण समितिका सयोंजक हरिहर सापकोटाले बताउनुभयो ।

उत्साहित कृषक

मुसिकोट नगरपालिका वडा नं १ का कृषक भोजराज अर्याल शुक्रवार दिउँसो हतार हतार गरेर खेतमा लगाएको बन्दा गोबी काट्दै हुनुहुन्थ्यो । मुसिकोट नगरपालिकाको ट्याक्टर आफुले उत्पादन गरेका कृषि सामाग्री खरिद गर्न घरमै आउन लागेको थाहा पाएपछि उहाँले खेतमा रहेको बन्दा टिपेर तैयार पार्नुभयो । घरबाटै तरकारी बेच्न पाउँदा उहाँलाई निकै खुसी लागेको छ । उहाँले ८ क्वीन्टल बन्दा गोबी नगरपालिकालाई बेच्नुभयो ।

८र१० किलो तरकारी डोकोमा बोकेर बजार बजार डुल्याउनुपथ्र्यो । त्यही पनि बिक्री हुने होकी हैन ग्यारेण्टी थिएन । कति समयमा तरकारी बिक्री नभएपछि घरमै फर्काएर समेत ल्याउनुपरेको थियो । बिक्री नहुँदा काम गर्ने जाँगर पनि थिएन । तर नगरपालिकाले कृषकहरुले उत्पादन गरेका सबै कृषि सामाग्री खरिद गर्ने भएपछि त्यो चिन्ता हटेको स्थानीय खेमराज पौड्याल बताउनुहुन्छ । बजारको चिन्ता रहेन अब त अझै धेरै उत्पादन गर्ने उर्जा मिलेको छ उहाँले भन्नुभयो । अब कृषि गर्नुपर्छ है स्थानीय सरकार कृषकको साथमा रहेछ भन्ने प्रेरणा मिलेको उहाँको भनाई छ ।

स्रोत ः जिटिभि,गुल्मी

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।