कृषकलाई प्रोत्सान गर्न सांसद शाहीद्धारा ग्यालेक्सी कृषि फर्मको अवलोकन

0 174

चैत्र १९, गुल्मी ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संघिय सांसद ज्ञानेन्द्र शाहीले गुल्मीको इस्मामा रहेको ग्यालेक्सी कृषि फर्मको अवलोकन गरेका छन । शुक्रबार गुल्मी आएका सांसद शाहीले इस्मा गाउँपालिका ३ गहतेमा रहेको ग्यालेक्सी कृषि फर्मको अवलोकन गरेका हुन ।

पछिल्लो समय गाउँघर जोड्दै विदेश जानेहरुको संख्या बढिरहेको वेला युवाहरुले गाउँघरमै कृषि फर्म संचालन गरेर गाउँमै रोजगारीको बातावरण सिर्जना भएको भन्दै सांसद शाहीले युवा उद्यमी गोकर्ण नेपालीको प्रशंसा गरेका छन । सांसद शाहीले भने, केही गर्छु भन्ने युवाहरुको लागि नेपालमा पनि कृषि कर्मको माध्यमबाट धेरै काम गर्ने सकिन्छ, भन्ने उदारण नेपालीले बनेका छन । यसले गर्दा अन्य युवाहरुलाई पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह भएको उनको भनाई थियो ।

जुम्लाबाट निर्वाचित सांसद आफ्नो फर्ममा आएर अवलोकन गरेकामा हौषला मिलेको सञ्चालक गोकर्ण नेपालीले बताए । आफु विदेशबाट फर्कर यो पेशामा लागेको बताउदै सुरुमा पागल भन्नेहरु अहिले आफ्नो काम देखेर दंग पर्ने गरेको बताए । सबैले कृषि कर्मलाई यसरी नै साथ दिने हो भने मुलुकमा रोजगारीका अवसरहरु सिर्जन गर्न सकिने उनको भनाई छ ।

ad

बिहानदेखि साँझसम्मको समय खेतबारीमा बिताउने गोकर्णले घाँसखेतीसँगै बाख्रापालन समेत गदैआएका छन । नेपालीको आधुनिक खोर छ । जसमा ३८ बाख्रा रहेका छन् । ५८ प्रजातिका घाँसका बिरुवा रहेका छन् । घाँस खेती र बाख्रापालनबाट रोजगारी समेत सिर्जना भएको नेपालीले बताए । नेपालीको कृषि फर्म २०७६ साल देखी सुरु गरेको हो । अहिले पनि घाँसका बेर्ना हुकदै छन । फर्म सञ्चालक नेपालीका अनुसार असारदेखि बिक्री गर्न सकिने गरी घाँसका बिरुवा हुकदै छन । नेपाली उत्पादन गरेका बिरुवाहरु विगतका बर्षमा मुलुकका ३१ जिल्लामा पुगेको बताए ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।