नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश र गुल्मीमा नेतृत्व चयन

0 72

नेपाल स्वास्थ्यकर्मी युनियन लुम्बिनी प्रदेश संयोजकमा नारायणप्रसाद अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । गुल्मीको तम्घासस्थित बालमन्दिरमा आयोजित स्वास्थ्यकर्मीहरुको भेलाले अर्यालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

युनियनको उपाध्यक्षमा दिलबहादुर थापा, महिला उपाध्यक्षमा इन्दु घर्तिमगर, सचिवमा प्रमोद ज्ञवाली, सहसचिवमा सपना टण्डन, कोषाध्यक्षमा रेनुका पाण्डेय र सहकोषाध्यक्षमा ढुण्डिराज पन्थी निर्वाचित भएका निर्वाचन समिति संयोजक पशुपति आचार्यले जानकारी दिए ।

सदस्यहरुमा भगवती ज्ञवाली, मिलन खासु, मनिषा नेपाली, लक्ष्मी श्रेष्ठ, सुमन पन्थी, श्यामसुन्दर पोख्रेल, ठाकुर ज्ञवाली, पशुपति कँडेल, रोशन घर्ति, शेषराज खत्री, तोमबहादुर श्रीष, गोविन्दराज अर्याल र रमेशराज मरासिनी निर्वाचित भएका छन् ।

ad

जिल्ला अध्यक्षमा पोख्रेल
नेपाल स्वास्थ्यकर्मी युनियन जिल्ला कार्यसमिति गुल्मीको चौथो भेलाले पुनः श्यामसुन्दर पोख्रेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

उपाध्यक्षमा पशुपति कंडेल र सृजना पोख्रेल, सचिवमा रोशन घर्ति, सहसचिवमा भुपेन्द्र डोटेल, कोषाध्यक्षमा सरस्वती गौतम र सहकोषध्यक्षमा सुशिला अर्याल निर्वाचित भएका छन् । सदस्यहरुमा ढुण्डीराज पन्थी, ठाकुर ज्ञवाली, सुमन पन्थी, शेषराज खत्री, लक्ष्मी परियार, गोविन्दराज अर्याल, रमेश मरासिनी, कृष्ण आचार्य, रोशन न्यौपाने, भुमा थापा र गंगा शर्मा रहेका छन् ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।