गुल्मीको इस्मामा एकीकृत घुम्ती शिविर संचालन, वडामै सबै सेवा पाउँदा स्थानीय खुसीले दङ्ग

0 168

चैत्र, २० गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत वडामै सबै सेवा प्रदान गरेको छ । गाउँपालिकामा पाउने सेवाहरु वडा तहमै पाउँदा स्थानीय खुसीले दङ्ग परेका छन् । नागरिकलाई छिटो, छरितो र सस्तो सेवा प्रदान गर्नको लागि गु्ल्मीको इस्मा गाउँपालिकाले एकीकृत घुम्ती शिविर सेवा संचालन गरेको छ । आइतबार गाउँपालिकाको वडा नम्बर एक बाट सुरु भएको शिविर शुक्रबार वडा नम्बर छ मा पुगेर सम्पन्न हुनेछ ।

इस्मा गाउँपालिकाले वडामा पुगेर एकीकृत घुम्ती शिविरबाट सबै सेवा एकैपटक दिँदा नागरिक दङ्ग छन् । वडा तहमा पुगेर आइतबारबाट सेवा दिन थालिएको हो । गाउँपालिकाले स्वास्थ्य सेवा तर्फ औषधि बितरण, पशु सेवा तर्फ पशुको स्वास्थ्य परिक्षण, औषधि वितरण र रेविज बिरुद्धको खोप लगाउने, कृषि सेवा तर्फ माटो परिक्षण र परामर्श सेवा, रोजगार सेवा तर्फ परिचयपत्र वितरण र परामर्श सेवा, वडा कार्यालयमा हुने सबै सेवा र अन्य आवश्यक सेवाहरु एकैपटक एकीकृत घुम्ती शिविर मार्फत प्रदान गरिएको छ । हालसम्म सेवा पाएका स्थानीयहरु सबै सेवा वडा तहमै पाउन सम्भव रहेकोमा दङ्ग परेका छन् ।

ad

गाउँपालिकाले हालसम्म वडा नम्बर १ र २ मा घुम्ती शिविर मार्फत सेवा दिएको छ । जसमा पाँच सय बढी नागरिकले सेवा पाउनुभएको छ । शिविर मंगलबार, बुधबार, बिहिबार र शुक्रबार क्रमश वडा नम्बर ३, ४, ५ र ६ मा चल्नेछ । गाउँपालिकाले नागरिकलाई वडा तहमै छिटो, छरितो र सस्तो सेवा दिन घुम्ती शिविर संचालन गरेको जनाएको छ । गाउँपालिकामा हुने सबै सेवा शिविर मार्फत वडा तहमै प्रदान गरेको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम मार्फत वडा तहमै गाउँपालिकाको सेवा घुम्ती शिविर मार्फत दिने निर्णय गरेको थियो । जसअन्तर्गत उक्त कार्यक्रम हाल लागु भइरहेको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो

नागरिकलाई प्रत्यक्ष अनूभूति हुने गरि गाउँपालिकाको केन्द्रमा हुने सेवा वडा तहमा हुनु अत्यन्तै सकारात्मक पक्ष  भएको स्थानियको भनाई छ ।  आगामी दिनमा यसलाई शिविर मार्फत पटकपटक वा वडा तहमा दैनिक हुने गरि प्रवन्ध मिलाउन पनि स्थानियले आग्रह गरेका छन ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।